पश्चिम नवलपरासी सहित लुम्बिनी प्रदेशका ४ जिल्लामा सोमवार सार्वजनिक बिदा

२०८० मङ्सिर २ शनिबार १७:२८:०० मा प्रकाशित

बुटवल | ​लुम्बिनी प्रदेशका ४ जिल्लामा सार्वजनिक बिदा दिइएको छ ।

छठ पर्वको समापनको दिन मंसिर ४ गते प्रदेशका ४ वटा जिल्लामा सार्वजनिक बिदा दिइएको हो ।

लुम्बिनी प्रदेश गृह मन्त्रालयले एक सूचना जारी गर्दै पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँकेमा मंसिर ४ गते बिदा दिने निर्णय गरेको हो ।

मन्त्रीयस्तरीय निर्णय अनुसार सार्वजनिक बिदा दिन लागिएको मन्त्रालयका उपसचिव खिमानन्द ज्ञवालीले जानकारी दिए ।