कालिका मन्दिर कालिका आश्रमद्वारा विजय एफएम र विजय खबर सम्मानित

२०८० कार्तिक २४ शुक्रबार १७:५७:०० मा प्रकाशित


गैँडाकोट । गैँडाकोट ८ मा रहेको कालिका मन्दिर कालिका आश्रमले मन्दिरको प्रवर्धन र विकासका लागि सूचना तथा सञ्चारको क्षेत्रमा पु¥याएको योगदान स्वरुप सामुदायिक रेडियो विजय एफएम र विजय खबर पत्रिकालाई सम्मान गरेको छ । शुक्रबार संस्थाको १० औँ अधिवेशनबाट चयन हुनुभएका नवनिर्वाचित कार्यसमितिको सपथ लिने कार्यक्रममा विजय एफएम र विजय खबर पत्रिकालाई सम्मान गरिएको छ ।

शुक्रबार भएको कार्यक्रममा सामुदायिक रेडियो विजय एफएम १०१.६ का स्टेशन म्यानेजर श्रीधर उपाध्यायलाई मन्दिर समिति 
र प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका निवर्तमान उपप्रमुख विष्णुकुमारी कंडेलले सम्मान पत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा विजय एफएम र विजय खबर पत्रिकाका पत्रकार पवित्रा पराजुलीको पनि उपस्थिति रहेको थियो ।