पारिजात टोलमा डेङ्गु रोग सम्बन्धी स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न ।। 

२०८० असोज १३ शनिबार १२:२५:०० मा प्रकाशित

गैँडाकोट ५ मा रहेको पारिजात टोल विकास संस्थाको आयोजनामा आज डेङ्गु रोग सम्बन्धी स्वास्थ्य सचेतना प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको छ। 
डेङ्गु रोग नियन्त्रणका लागि आज बिहान टोल घरदैलो अभियान गरिएको पारिजात टोल विकास संस्थाका अध्यक्ष अर्जुन पौडेलले विजय एफएमलाई जानकारी दिनुभयो । सचेतना सहितको माइकिङ्ग,पर्चा  पम्प्लेट सहितको टोल घरदैलो एवं स्वास्थ्य सचेतना कार्यक्रम गरिएको टोल अध्यक्ष पौडेलले जानकारी गराउनुभयो। 

शनिबार बिहान ७ बजे देखी टोल बिकास संस्थाको आयोजना तथा वडा नं ५ को समन्वयमा डेङगु रोग स्वास्थ्य सचेतना कार्यक्रमको प्रमुख अतिथि वडा सदस्य शान्ती न्यौपाने रहनुभएको थियो।