गैँडाकोट ११ मा वडा स्तरीय युवा क्लब गठन 

२०७९ माघ १६ सोमबार १०:३०:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नम्बर ११ को वडा स्तरीय युवा क्लब गठन गरिएको छ । 

क्लबको अध्यक्षमा दिपेश नेपाली, उपाध्यक्षमा प्रिति भुजेल, सचिवमा समुन्द्र पौडेल, सहसचिवमा खेमराज महतो, कोषाध्यक्षमा रोजन श्रेष्ठ चयन भएका हुन् । त्यस्तै सदस्यहरुमा अन्जु लामा, सारा कोइराला, मिलन रम्तेल, रविन ढकाल, सुस्मिता श्रेष्ठ, बिच्चा भुषाल, शसान्त कोइराला, प्रमिशा वि.क., सुशिल क्षेत्री र माधव सापकोटा रहेका छन् । वडाका १६ देखी २४ वर्ष उमेर समूहका यूवाहरुको भेलाले वडा स्तरीय युवा क्लब गठन गरेको हो ।  

गैँडाकोट ११ का वडा अध्यक्ष गोविन्द प्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा गैँडाकोट नगरकार्यपालिका सदस्य उर्मिला वि.क., वडा सदस्यहरु गुरुप्रसाद पौडेल, मोतिकुमारी खड्का, कुमारी नेपाली, कासीराम महतो लगायतको उपस्थिती रहेको थियो ।