जिल्ला सहकारी संघ नवलपुरको सर्वसम्मत नयाँ कार्यसमिति चयन

२०७९ माघ ७ शनिबार १९:३३:०० मा प्रकाशित

गैँडाकोट । जिल्ला सहकारी संघ नवलपुरको सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको छ ।

जसको अध्यक्षमा तिलकप्रसाद पराजुली (किसान साकोस), उपाध्यक्षमा इन्द्रराज ज्योती पौडेल (विकू साकोस), महिला उपाध्यक्षमा खिनाकुमारी न्यौपाने भुषाल (मिलिजुली महिला बहुउद्देश्यीय सहकारी ), सचिवमा श्याम सुन्दर लामिछाने (अमर साकोस ), कोषाध्यक्षमा टिकाराम कंडेल ( विजय सामुदायिक शिक्षा सहकारी), सह सचिवमा बिन्दु अधिकारी केसी (कालीगण्डकी साकोस ) चयन हुनुभएको निर्वाचन समिति संयोजक गोपालप्रसाद गौतमले जानकारी दिनुभयो । 

त्यस्तै सदस्यहरुमा देवकी कुमारी भण्डारी (जिल्ला कृषि सहकारी संघ), रामप्रसाद काफ्ले (नवप्रतिभा साकोस), ऋषिराम पौडेल (कृष्ण गण्डकी साकोस), बाबुराम खनाल (गण्डकी साकोस), हरिप्रसाद ढुङ्गाना (उज्यालो साकोस), मनहरि शर्मा पौडेल (लालिमा कृषि सहकारी), देविसरा पुलामी (माहाराजा साकोस), धनमाया लामा (अरुण ज्योती सामाजिक महिला उद्यमी सहकारी), रत्नमाया विश्वकर्मा (महिला कल्याण बहुउद्देश्यीय सहकारी) रहनुभएको छ । 

लेखा सुपरिवेक्षण समितिको संयोजकमा छविलाल अर्याल (श्रृजनशिल साकोस) रहनुभएको छ । त्यस्तै सदस्यमा कुमारी रेखा पौडेल (महिला कल्याणकारी साकोस) र कृष्णराज सिग्देल ( कावासोती बहुउदेश्यीय सहकारी) रहनुभएको छ ।