समयमा उपचार नगरे फिष्टुलाले जीवन नरकीय र कष्टकर गराउँछ

२०७९ पौष २६ मंगलबार १०:५१:०० मा प्रकाशित


डा. रामप्रसाद सापकोटा 
सिनयर कन्सल्टेन्ट गाइनोलोजिष्ट, 

फिस्टुला ल्याटिन शब्द हो यसको अर्थ पाइप एवं टियुब् हो । जस्ले कुनै पनि मानिसको शरीरको २ वटा अंगका बीचमा असामान्य हुन्छ । जस्तै शरीरको कुनै पनि भित्री अङ्गमा पर्ने अनावश्यक प्वाल हो । उदाहरणका लागि पिसाब थैलीबाट भएर बाहिर निष्कनुको सट्टा बीचमा प्वाल परेर अथवा चोटपटक लागेर पिसाब बाहिर ननिस्केर अन्यन्त्र भएमा त्यो फिस्टुला हो । 
फिष्टुला शरीरको विभिन्न अङ्गहरुमा हुन्छ । गाइनोलोजिष्ट भएर बर्षौ देखी गरेको काम र अनुभव सुनाउनु पर्दा जेनेटिक मेडुलरी फिष्टुला भएका बिरामीहरु बढी उपचारका लागि आउने गर्छन् । पिसाब थैलीबाट योनीमा आएर पिसाब चुइने समस्या, पिसाब थैलीबाट सिधै पाठेघरमा जाने, पिसाब थैलीबाट पाठेघरको मुखमा जाने र कहिलेकाही बाहिर निस्केको पिसाब नलीबाट सिधै योनिमा जाने धेरै प्रकारको हुन्छ, फिष्टुला । सामान्यतया फिष्टुला पिसाब थैली, माथिको पिसाब नली र तलको पिसाब नली गरी ३ ठाउँबाट योनीमा अथवा शरीरको अन्य अंगमा जान्छ ।
फिष्टुला कसैलाई जन्मजात नै हुने गर्छ भने कसैको जीवनकालमा पछि हुने गर्छ । प्रस्तुतिको कारणले, शल्यक्रियाको कारणले र कहिलेकाही संयोगवश पनि फिष्टुला हुनसक्छ । महिलाहरूमा हुने अब्स्ट्रेटिक फिस्टुला बच्चा पाउँदाको जटिलता वा यौन हिंसाका कारण हुने गर्दछ । लामो प्रसव व्यथामा महिलाहरूको योनी र पिसाब थैली वा मलाशयका कोशिकाहरू बच्चाको दबाबले थिचिएर रक्तसञ्चार अवरुद्ध भई मृत्यु समेत हुने गर्छ । तिनमा प्वाल पर्छ र त्यसबाट पिसाब वा दिसा अनियन्त्रित रूपमा बाहिर निस्कन्छ । तर यो विकसित देशहरुमा एकदमै कम हुन्छ । 
समयमा उपचार भएन भने फिस्टुलाबाट जटिल संक्रमण, अल्सर, मिर्गौला रोग, खुट्टाको स्नायु प्रणालीमा अवरोध जस्ता थप समस्या उत्पन्न हुन सक्छन् । पिसाब निरन्तर चुहाव भएर बिरामीलाई जलन हुने, यस्ले गर्दा गुप्ताङको वरीपरी घाउहरु हुने, निरन्तर पिसाब चुहिएर गन्हाउने समस्या, पिसाबको इन्फेक्सन हुने जस्ता समस्याहरु हुन्छ । यसले फिस्टुला पीडित महिलाहरूको जीवन नरकीय र कष्टकर गराउँछ भने आफन्त र समाजका दृष्टिमा पनि छि–छि र दूर–दूरका पात्र हुन्छन्, परिवारले पनि त्यत्तिकै शारीरिक–मानसिक समस्या भोग्नुपर्छ । यसले उनीहरूलाई जल्दोबल्दो उमेरमै लज्जित र निराश भएर बाँच्नुपर्ने अवस्थामा पु¥याएको छ ।
यो गुप्तांगमा हुने रोग हुनाले प्रायजसो मानिस जचाउँन वा परामर्श लिन लाज मानी लुकाएर राख्नाले विस्तारै बढ्दै जान्छ । कहिले सञ्चो भएजस्तो हुन्छ र कहिले दुख्ने र पिप आउने हुन्छ । यो भिन्न–भिन्न प्रकार वा प्रकृतिको हुन्छ । त्यसैले समस्या बढ्नु भन्दा अगावै सम्बन्धित डाक्टर सँग परामर्श लिन आवश्यक हुन्छ । (संवाददाता रिना चौधरीले गर्नुभएको कुराकानीमा आधारित)