नवलपुरको देवचुलीमा मतपेटिकामा आगजनी, स्थानीय नारायण भण्डारी पक्राउ

२०७९ मङ्सिर ४ आइतबार १७:००:०० मा प्रकाशित


देवचुली । नवलपुरको देवचुली नगरपालिका–४ झाँक्रेको एक मतदान केन्द्रमा मतपेटिका आगजनी भएको छ । स्थानीय शान्ति सिर्जना आधारभूत विद्यालय मतदान केन्द्रमा प्रदेशसभातर्फको समानुपातिक पद्धतिको मतपेटिकामा आगजनी भएको हो । आगजनी गरेको आरोपमा प्रहरीले स्थानीय नारायण भण्डारीलाई पक्राउ गरेको छ ।   उनलाई २ किलोमिटर टाढा पुगेर प्रहरीले पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो ।