ग्याँस बिक्रेता महासंघ गण्डकी प्रदेशको नयाँ कार्यसमितिको पदस्थापना 

२०७९ असोज ६ बिहीबार १८:२२:०० मा प्रकाशित


गैँडाकोट । ग्याँस बिक्रेता महासंघ नेपाल गण्डकी प्रदेशको नव निर्वाचित कार्यसमितिको पदस्थापना गरिएको छ । 
ग्याँस बिक्रेता महासंघ नेपाल गण्डकी प्रदेशको आज गैंडाकोटमा चौँथो साधारणसभा तथा अधिबेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापना एवम् शुभकामना कार्यक्रम गरेको हो । ग्याँस बिक्रेता महासंघ नेपाल गण्डकी प्रदेशको अध्यक्षमा अगम कुमार पालिखे, उपाध्यक्षमा विष्णु बोहोरा क्षेत्री र कृष्ण भण्डारी, महासचिवमा प्रकाशमणि आचार्य, कोषाध्यक्षमा अशोक कुमार गिरी, सचिवमा दिनेश खनाल, सहसचिवमा विन्दु पोखरेल काफ्ले रहनुभएको छ । यस्तै सदस्यहरुमा विनोद त्रिपाठी, प्रेमप्रसाद धमाला, राज कपुर श्रेष्ठ र सल्लाहकारहरुमा सुवास प्रधान, दिनेश कुमार श्रेष्ठ र नारायणदत्त दाहाल रहनुभएको छ । 
कार्यक्रममा ग्याँस बिक्रेता महासंघ नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष चन्द्र थापाले उपभोक्तालाई ध्यानमा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले बिक्रेताहरुको मागलाई समर्थन गर्दै बिक्रेता प्रमाणिकरण प्रक्रिया तत्काल शुरु गरेर अगाडी बढ्ने बताउनुभयो । ग्याँस मुल्य बराबरको कमिशन कम्तिमा ५ प्रतिशत हुनुपर्ने माग संघको रहेको र नेपाल आयल निगम मन्त्रालय र सम्बन्धित निकायमा महासंघले ध्यानाकर्षण गराएको बताउनुभयो । 
महासंघका गण्डकी प्रदेशका अध्यक्ष अगम कुमार पालिखेले ग्याँस ज्वलनशिल पदार्थ र आवश्यक भएकाले पनि सोहि अनुसार अगाडी बढ्ने नीति लिइने बताउनुभयो । साथै उहाँले जिल्ला, प्रदेश र केन्द्रको नीति कार्यक्रम बाँडफाड पनि सोहि अनुसार गर्दे जिम्मेवारी दिनुपर्ने बताउनुभयो । 
कार्यक्रममा केन्द्रीय सदस्य गोपाल ढकाल र रामचन्द्र कंडेल अन्य केन्द्र, प्रदेश एवम् जिल्लाका पदाधिकारीहरु सुवास प्रधान, हिरामान श्रेष्ठ, राजु सापकोटा, दिपक क्षेत्री, प्रकाश श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । प्रदेश सह–सचिव विन्दु पोखरेल काफ्लेको स्वागत मन्तव्य गर्नुभएको कार्यक्रमको सहजिकरण प्रदेश महासचिव प्रकाश आचार्यले गर्नुभएको थियो ।