बिद्यार्थीले राजनीति गर्ने होइन ः डा. कोइराला 

२०७९ श्रावण २१ शनिबार १७:२२:०० मा प्रकाशित


गैँडाकोट । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एव्म प्रतिनिधि सभा सांसद शशांक कोइरालाले विद्यार्थीले राजनीति गर्न नहुने बताउनुभएको छ । 
गैँडाकोटमा २०७८ सालमा एसइइ उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान कार्यक्रममा बोल्दै डा. कोइरालाले विद्यालय राजनीति गर्ने ठाउँ नभएको बताउँदै पहिला विद्यार्थी पढाइमा दक्ष हुन जरुरी रहेको बताउनुभएको छ । डा. शशांक कोइरालाले भन्नुभयो, “विद्यार्थीले राजनीति गर्ने होइन भन्ने कुरा मैले विपि कोइरालाबाट सिकेको हो । पहिले पढ्ने पढाइमा उत्कृष्ट बनेपछि मात्र राजनीतिमा लाउनुपर्छ ।”
डा. कोइरालाले आफुले जे काम गरिन्छ त्यसलाई उत्कृष्ट बनाउनुपर्ने बताउनुभएको छ । एसईई दिएका विद्यार्थीलाई बधाइ तथा सम्मान दिदै कोइरालले पहिला पढाइलाई उत्कृष्ट गराएर मात्र राजनीतिमा आउन आग्रह गर्नुभएको छ ।  

आफुले पनि विद्यार्थी जीवनमा राजनीति नगरेको बताउँदै उहाँले भन्नुभयो, “मैले पहिला पढाइलाई उत्कृष्ट गराए । त्यसपछि राजनीतिमा लागे अहिले पनि म राजनीतिमा पनि उत्कृष्ट नै छु जस्तो लाग्छ ।”