सडकमा नगद सहितको झोला टिपेपछि....

२०७९ श्रावण २१ शनिबार १२:५८:०० मा प्रकाशित

गैँडाकोट । बैंकमा जम्मा गर्न जान लागेको पैसा सहितको रातो झोला हराएकोले विजयश्री मिनिमार्टले फिर्ता दिनका लागि अनुरोध गरेको छ ।

विजयश्री मिनिमार्टका बजार व्यवस्थापक विष्णु रिमाल मोटरसाइकलमा शिलान्यास चोकबाट विजयचोकतर्फ जाँदै गर्दा शुक्रबार दिउँसो २ बजेर ४२ मिनेटमा भृकुटी चोक नजिक केपी टे«डस अगाडी राजमार्गमा उक्त झोला खसेको थियो ।

उक्त झोला पुरुष व्यक्तिले टिपेको सिसि क्यामेरामा समेत कैद भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । १ लाख १४ हजार २ सय ७४ रुपैयाँ नगद सहित विकू बचत तथा ऋण सहकारी संस्थामा जम्मा गर्न लागिएको विजयश्री उपभोक्ता सहकारीको नाममा रहेको भौचर समेत साथमा रहेको छ ।

झोला टिप्ने उक्त व्यक्तिको खोजी भइरहेको जनाउदै इमान्दारिताका साथ दिईएमा उचित पुरस्कार दिईने विजयश्री उपभोक्ता सहकारी (विजयश्री मिनिमार्ट) का व्यवस्थापक महेश पौडेलले बताउनुभयो ।