अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा गैंडाकोटमा अन्तरक्रिया

२०७९ असार १८ शनिबार १६:४७:०० मा प्रकाशित

गैँडाकोट
१ सयौँ अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा गैंडाकोटमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । सहकारी समन्वय मञ्च गैंडाकोट र गैंडाकोट नगरपालिकाको संयुक्त आयोजनामा अन्तरक्रिया  गरिएको हो । 
कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकरीले उत्पादनमुखी लगानीमा जोड दिन सहकारी माध्यम बन्ने कुरा बताउनुभयो । उहाँले २०४८ साल अगाडीको साझा सहकारी धराशायी भएका उदाहरण हामीमाझ भएकोले अब सदस्य र समुदायमा आधारित हुन आब्हान गर्नुभयो ।
यस्तै कार्यक्रममा बोल्दै सहकारी समन्वय मञ्च गैंडाकोटका पुर्वअध्यक्ष माधवप्रसाद गौतमले गैंडाकोट सहकारीको ग्रामको रूपमा बिकास हुँदै गएको बताउनुभयो । सहकारीको सिद्धान्तलाई अनुसरण गरेर अगाडि बढ्न पर्ने र स्वच्छ प्रतिस्पर्धा गर्नुपर्ने उहाँको भनाइ छ । 
कार्यक्रममा सहकारीकर्मी एवं बिकु साकोसका निवर्तमान अध्यक्ष केशव प्रसाद सापकोटा प्रमुख वक्ताको रूपमा रहनु भएको छ । उहाँले दिगो सोचका साथ सहकारी सञ्चालन गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले सहकारी सन्चालकहरू वर्तमानमुखी भएकोतर्फ संकेत गर्दै गतिशील भविष्यको लागि समग्र सहकारी अभियान संगठित हुनुपर्नेमा जोड दिनुभयो । अभियानलाई माथि उचाल्न सोचमा परिवर्तन गर्नुपर्ने धारणा व्यक्त गर्नुएको थियो । साथै उहाँले स्थितिकरण कोष, सहकारीको गुणस्तरीयता, सहकारी कस्तो हुनुपर्छ ? सहकारी भित्रको सुशासन स्थापनाको बारेमा जानकारी दिनुभयो । जगेडा कोष बलियो बन्यो भने सहकारी बलियो बन्ने र सदस्यले सहज सेवा पाउन सक्ने उहाँको भनाई छ ।
कार्यक्रम सहकारी समन्वय मञ्च गैंडाकोटका अध्यक्ष प्रेम प्रसाद सापकोटाले सहजीकरण गर्नुभएको थियो । उहाँले कोपोमिस भन्नाले देसमा कति सहकारी छन ऋण कति प्रवाह भएको छ । कतिले रोजगारी पाएका छन सहकारिको विवरण निकाल्ने कार्य भएको बताउनुभयो ।  सहकारी तथा गरिबी सम्बन्धि व्यवस्थापन सूचना प्रणाली को छोटकरी नाम नै कोपोमिस भएको जानकारी दिनुभयो । देशभर १५ हजार सहकारीले कोपोमिसको पासवर्ड लिएको र त्यसमध्य जम्मा ३ सय ६३ सहकारी मात्र कोपोमिसमा काम गर्न शुरु गरेका छन । यहि असार मसान्त सम्ममा कोपोमिसमा सहकारी आवद्ध नभए सहकारीले १ लाख  जरिवाना तिर्नुपर्ने र करचुक्ता प्रमाणपत्र नपाइने भन्दै सबै सहकारीलाई यसमा आवद्ध हुन आग्रह गर्नुभयो । 
मुना साकोसका व्यवस्थापक चुडामणि शर्मा र सुर्यदिप साकोसका अध्यक्ष दीपा रिजाल लगायतले अन्तरक्रिया कार्यक्रमले धेरै कुरा सिकाएको बताउनुभयो । गैँडाकोटभरिका सहकारीका प्रतिनिधिको अन्र्तक्रियामा सहभागिता रहेको थियो ।