सरस्वती निकेतनलाई अन्तर्राष्ट्रिय स्कुल अवार्ड

२०७८ माघ १२ बुधबार १९:३५:०० मा प्रकाशित


गैँडाकोट
सरस्वती निकेतन बोर्डिङ स्कुलले ब्रिटिश काउन्सिल नेपालले प्रदान गर्ने अन्तर्राष्ट्रिय स्कुल अवार्ड (आईएसए) २०२२ प्राप्त गर्न सफल भएको छ । ब्रिटिश काउन्सिल प्रदान गरिने आइएसए अवार्डका लागि विभिन्न परियोजना र कार्यक्रमहरु गरेर अवार्ड प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक भरतबाबु कँडेलले जानकारी दिनुभयो ।
विद्यालयले विभिन्न कार्यक्रमहरु परियोजना सञ्चालन गरेर अघि बढेको र विद्यार्थीहरुकै संलग्नतामा सो परियोजना सफल भएको उहाँले बताउनुभयो । विद्यार्थीहरुले यसरी आफै संलग्न भएर पढ्न पाउँदा खुसी भएको उहाँको भनाई छ । विद्यार्थीहरुलाई प्रोजेक्ट बेस भएर अडियो भिडियोको माध्यमबाट अध्यापन गरिरहेको उहाँ बताउनुहुन्छ । यसरी नै विद्यालय अब अगाडी बढ्ने उहाँको भनाई छ । विद्यालयले विभिन्न ७ वटा परियोजना सम्पन्न गरेको थियो । बिद्यालयले वातावरण, गरिबी, जंकफुडको बिषयमा काम गरिरहेको र सिकाइलाई यसरी नै सञ्चालन गरिने पनि उहाँको भनाई छ । लोक संस्कृति र मौलिकतालाई जोगाउन मात्र नभएर अन्य स्थानका संस्कृति बुझ्न र ज्ञानलाई बृहत बनाउन यसले सहयोग गरेको उहाँको बुझाई छ । 
अभिभावक अब सचेत र ज्ञान, सीप र सिकाईलाई जोड दिन पर्ने पनि प्रधानाध्यापक कँडेलले बताउनुभयो । साथै यस अवार्ड प्रदान गर्न सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गर्नुभएको छ ।