प्रकाशको पर्खाइ ‘परदेशी २’

२०७८ माघ ११ मंगलबार १७:२४:०० मा प्रकाशित


कोरोना महामारी हुँदैनथ्यो त लोकप्रिय गायक प्रकाश सपूतलाई दर्शकले सिनेमा हलको पर्दामा हेरिसकेका हुन्थे । उहाँको पहिलो चलचित्र परदेशी २ निर्माण सम्पन्न भएको लामो समय भइसक्दा पनि कोरोना महामारीका कारण प्रदर्शन हुन नपाउँदा दर्शकहरुले उहाँलाई ठूलो पर्दामा हेर्न पाएका छैनन् ।
परदेशी २ २०७७ सालको दशैंमा प्रदर्शन गर्ने योजनाका साथ छायांकन शुरु गरिएको थियो । तर कोरोना महामारी शुरु भएपछि चलचित्रको छायांकन नै बीचमै रोक्नुप¥यो । कोरोना संक्रमण घटेपछि २०७७ को दशैंपछि बल्ल चलचित्रको छायांकन पूरा भयो । निर्माणपक्षले यसै वर्षको दशैंमा चलचित्र प्रदर्शन गर्ने सोच बनाएको थियो, तर त्यसबेला चलचित्र प्रदर्शनमा आउन पाएन । परदेशी २ लाई अब आगामी दशैंमा रिलिज गर्ने निर्माणपक्षको योजना छ ।
गीत–संगीत र म्युजिक भिडियोमा राम्रो काम गरेको भनेर प्रशंसा पाइरहेका प्रकाशले चलचित्रमा गरेको कामको भने परीक्षण हुन बाँकी नै छ । 
साम्राज्ञी र जितुको ह्यारीकी प्यारीु को छायांकन सुरू
जितु नेपाल र साम्राज्ञीराज्य लक्ष्मी शाहको मुख्य भूमिका रहने ह्यारीकी प्यारी को छायांकन सुरू भएको छ। 
गीतकार तथा स्त्री रोग विशेषज्ञ भोला रिजालका छोरा कपिल रिजालको निर्देशन रहेको फिल्मको मंगलबारबाट पर्वतमा सुटिङ सुरू भएको हो। जोडी खोज्ने कथालाई प्रस्तुत गर्ने भनिएको विजय बराल, लक्ष्मी गिरी, नरेश पौडेल आदिको पनि अभिनय देख्न पाइने छ। भुवन केसी निर्देशित ड्रिम्समा निर्माता रहेका कपिल रिजालले लन्डनमा केही सर्ट फिल्मको छायांकन गरेका छन् ।