प्रकाशको पर्खाइ ‘परदेशी २’

२०७८ माघ ११ मंगलबार १७:२४:०० मा प्रकाशित


कोरोना महामारी हुँदैनथ्यो त लोकप्रिय गायक प्रकाश सपूतलाई दर्शकले सिनेमा हलको पर्दामा हेरिसकेका हुन्थे । उहाँको पहिलो चलचित्र परदेशी २ निर्माण सम्पन्न भएको लामो समय भइसक्दा पनि कोरोना महामारीका कारण प्रदर्शन हुन नपाउँदा दर्शकहरुले उहाँलाई ठूलो पर्दामा हेर्न पाएका छैनन् ।
परदेशी २ २०७७ सालको दशैंमा प्रदर्शन गर्ने योजनाका साथ छायांकन शुरु गरिएको थियो । तर कोरोना महामारी शुरु भएपछि चलचित्रको छायांकन नै बीचमै रोक्नुप¥यो । कोरोना संक्रमण घटेपछि २०७७ को दशैंपछि बल्ल चलचित्रको छायांकन पूरा भयो । निर्माणपक्षले यसै वर्षको दशैंमा चलचित्र प्रदर्शन गर्ने सोच बनाएको थियो, तर त्यसबेला चलचित्र प्रदर्शनमा आउन पाएन । परदेशी २ लाई अब आगामी दशैंमा रिलिज गर्ने निर्माणपक्षको योजना छ ।
गीत–संगीत र म्युजिक भिडियोमा राम्रो काम गरेको भनेर प्रशंसा पाइरहेका प्रकाशले चलचित्रमा गरेको कामको भने परीक्षण हुन बाँकी नै छ ।