अमरापुरी खानेपानी संस्थाको अध्यक्ष पदमा तीन जनाको उमेदवारी 

२०७८ कार्तिक ३० मंगलबार १७:३७:०० मा प्रकाशित


अमरापुरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नयाँ कार्यसमिति र लेखा समिति चयनको लागि आज (मंगलबार) उम्मेदवारी दर्ता गरेको छ । 
कार्यसमितिको अध्यक्ष पदको लागी ३ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदमा लालमाया गुरुङ, मनहरी सापकोटा र गोपी कंडेलको उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक तेजेन्द्रप्रसाद सापकोटाले जानकारी दिनुभयो । 
त्यस्तै उपाध्यक्ष पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा कुन्ता देवी शर्मा पौडेल, गंगा देवी सुवेदी र बिष्णु कुमारी पोख्रेलको उम्मेदवारी परेको छ । सचिवमा उमानन्द कण्डेल, श्यामबहादुर क्षेत्री, हिरालाल सापकोटा र श्याम नारायण ढकालको उम्मेदवारी परेको छ । त्यस्तै कोषाध्यक्षमा ३ जनाको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा नारायणप्रसाद देवकोटा, कमला गुरुङ, हरिप्रसाद उपाध्यायको उम्मेदवारी परेको छ । सहसचिव पदका लागि भिमकुमारी कंडेल सापकोटा, रमा पाण्डे, मधुमाया पुडासैनीको उम्मेदवारी परेको छ । 
जनजाती महिला सदस्य पदका लागि चुनमाया गुरुङ, पदममाया बाचे मगर, देवी तामाङको उम्मेदवारी परेको छ । दलित महिला सदस्यका लागि पूर्णमाया वि.क., मुना वि.क., मधु दमाइको उम्मेदवारी परेको छ । त्यस्तै वडा सदस्य पदका लागि वडा नम्बर १४ बाट तुलसीराम शर्मा, बलराम सापकोटा, कृष्णप्रसाद जैसीको उम्मेदवारी परेको छ । वडा नम्बर १५ बाट लोकनाथ पुरी, बिष्णु प्रसाद रानाभाट, माया जमरकट्टेलको उम्मेदवारी रहेको छ । १६ नम्बरका बाट नरिश्वर गैरे, चेतराम कंडेल, लक्ष्मी नेपालीको उम्मेदवारी परेको छ । वडा नम्बर १७ बाट बलराम कंडेल, टिकबहादुर रोका, रेखबहादुर थापाको उम्मेदवारी परेको छ ।
त्यस्तै लेखा संयोजक पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । जसमा कृष्णप्रसाद सापकोटा, विजय अधिकारी, बिष्णुप्रसाद सापकोटाको उम्मेदवारी परेको छ । लेखा सदस्य महिला पदका लागि अमृता क्षेत्री, श्यामा देवी रेग्मी, गिता ढकालको उम्मेदवारी परेको छ । लेखा सदस्य पदका लागि कृष्णराज सापकोटा, रमाकान्त कंडेल र रामचन्द्र पराजुलीको उम्मेदवारी परेको छ ।
निर्वाचन समितिका सदस्य मुकुन्दप्रसाद पौडेलका अनुसार संस्थाको १९ औँ बार्षिक साधारण तथा सातौँ अधिवेशन अन्तर्गत उम्मेदवारी फिर्ताका लागि मंसिर २ गते १० बजेदेखि २ बजेसम्मको समय दिइएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन मंसिर २ गते ३ बजे हुनेछ । मंसिर १९ गते बिहान ९ बजेदेखि ५ बजेसम्म मतदानको समय तोकिएको छ ।