दशैंको दिन

२०७८ कार्तिक २ मंगलबार १८:२५:०० मा प्रकाशित



             
               जयन्ती मंगला काली भद्रकाली कपालिनी । 
              – – –
नेपालीहरुको महान चाड बडा दशैं २०७८ को मंगलमय शुभकामना सम्पूर्णमा । माता दुर्गा भवानीले सम्पूर्ण नेपालीजनहरुको परिवारमा सुख, शान्ति, खुसी, स्वस्थ –––– यस्तै यस्तै।
सबैका फेसबुके भित्तामा उपर्युक्त मिठा मिठा गीताका श्लोक र आफ्नै मौलिक वाणीहरु सजिएका थिए । त्यस्तै त्यस्तै वाणीहरु आमाले पनि सजाएकी  थिइन् उनको फेसबुके भित्तामा । राम्ररी चिनेका वा नचिनेका सबैले शुभकामना सन्देश घटस्थापनाको दिनदेखि पठाइरहेका थिए । उनीले पनि चिनेका सबैलाई उपर्युक्त बाहेक अझैं दुई चारवटा बढी खुशीयालीका शब्दहरू थपेर आफूलाई सबैभन्दा खुसी देखाउने प्रयासमा शुभकामना पठाएकी थिइन् । 


कसै कसैले त भन्दै थिए, “तिमी साह्रै खुसी छौ । तिम्रो जस्तो राम्रो परिपाटी यहाँ कसैको छैन । घर छ । जग्गा जमिन प्रशस्त छ । अति आवश्यक चिज तिमीले बोले घरमै आउँछ । एसी छ । गाडी छ । नोकरचाकर छन् । यो तिम्रो जस्तो खुसी यहाँ कसैको छैन । देख्दा शरीर पनि भेकिलो छ ।”


आमा पनि मख्ख पर्दै भन्थिन् ।,“हो हुन त ¤”
सबै कुराको पूर्णता आमालाई थियो । कुनै पनि कमी थिएन । सबैले उनलाई सबैभन्दा भाग्यमानी ठानेका थिए । 


वरपरका सबै देख्दा दुब्ला पातला थिएँ । उनीहरुका छोरा बुहारी पनि ज्यामीको काम गर्थें । सबैको घरमा छोरीहरुको बगाल थियो । उनीहरुको घरमा बाल दार्द लाग्दा कुनैबेला आमाले छोराहरुले नखाएको खानेकुरा बोलाएर दिदा खुसी भएर खान्थे अरे । 


यिनै कुराहरु आमाको लागि भाग्यमानी सावित भएका थिए ।
आज दशैंको दिन । नेपालीहरुको महान चाड । सबैको घरघरमा खुसी छाउँने दिन । टीकाको साइतको समय आयो । वरपर सबैको घरमा खानेकुराहरु पकाएको स्वादिष्ट बास्ना आइरहेको थियो । तर यो  घरमा सदाभन्दा जमरा र दुई चारकिलो फलफूल बढीभन्दा अरु खासै केही फरकपन थिएन । म त्यसको प्रत्यक्ष दर्शी मात्र थिएँ । सबैको घरमा टीका नलाउँदै र लगाएपछि छत छतमा फोटो सेसन भइरहेको थियो । सपरिवार खुसी थिए । रमाइलो गरिरहेका थिए । कसैले मुखमा सेलरोटी चपाइरहेका थिए । कसैले अचारको स्वाद चाखिरहेका थिए । खानेकुराको परिकार के के तयार पारिरहेका थिए बुहारीहरु । चखाउन प्लेटमा ल्याउँदै नातिनातिनीहरुलाई दिइरहेका थिए ।


सासुहरु बसेर गफगाफ गर्दै थिए । म  यो  घरमा आमाको लागि साथी भनौं कि काम गर्ने सहयोगी वा ज्यालादारी के भनौँ, विगत सात वर्षदेखि यसै घरमा बसेकी थिएँ । 
म र आमा झ्यालबाट बाहिर नियालेर बसेका  थियौँ । आमाले त्यो दृश्य नियालेर आफ्नो अनुहारको कान्ति गुमाइ सकेकी थिइन् ।


त्यसैबेला युकेबाट आमाको (घरमालिक्नीको) छोराको भिडियो कल आयो, “आमा आरामै हुनुहुन्छ ? आज दशैंको दिन हो है ¤ के गर्दै हुनुहुन्छ ? खाना पकाउनु भयो । म काममा जाँदै छु । बुहारीको झनै फुर्सद नै छैन । चौध घण्टा काम गर्छिन । मैले पनि पहिलेको काम छुटेर  बसेको थिएँ । आज मात्र धेरैमा नयाँ काममा  बोलाएको हुँदा दशैं छोडेर काम तिर लागेँ । “नातिनातिनी पनि घरमा एक्लै छन् ।” आमाको बोली बन्द भयो । भनिन, “हुन्छ बाबु जाऊ काममा फोन राखेँ ।” बलिन्द्र धारा आँशुसगै बिदाइ गरिन् ।


आमाले सबै झ्यालहरु बन्द गरेर रूदै आ–आफ्नो घरमा टीका सकेर आफूसँग टीका लगाइ आशीर्वाद लिन आउने आफन्तको पर्खाइमा रुदैँ बसिन् । आज उनी बल्ल आफ्नो भाग्यमा खोट रहेको महशुस गर्दै भन्दै थिइन् , “म कति अभागीनी रहेछु, हे भगवन ¤ आज दशैंको दिन मेरो घरमा यस्तो ।”