जलुके खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था द्धारा शुभकामना आदानप्रदान

२०८३ बैशाख ५ शनिबार १४:२४:०० मा प्रकाशित

गैँडाकोट । जलुके खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले शनिबार नयाँ वर्षको शुभकामना आदानप्रदान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट ४ का वडा अध्यक्ष तेजप्रसाद घिमिरेले नया बर्ष को शुभकामना दिनुका साथै जलुके खानेपानी लाई आवश्यक परेको वेलामा खानेपानीका विषय मा सहकार्य गरी अघि वढन सकीने बताउनुभयो ।

जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष जगन्नाथ पौडेलले प्रगति विवरण पेश गर्दै संस्थाले पछील्लो समयको सुधार विस्तार कार्यक्रम अन्तिम चरणमा पुगेको र सो काम अधिकांश योजनाको काम पुरा भयको बताउनुभयो ।

शुभकामना आदानप्रदान कार्यक्रममा संस्थाका सहसचिव मेघनाथ पौडेलले कार्यक्रममा उपस्थितलाई स्वागत गर्नुभएको थियो भने सचिव शालिकराम आचार्यले कार्यक्रमको सहजीकरण गर्नुभएको कार्यसमिति सदस्य शिव लम्सालले जानकारी दिनुभयो । कार्यक्रममा कार्य समीती,लेखा समीति,अनुगमन समीति,सल्लाहकार समीति टोलका पदाधिकारीलाई लगायतको उपस्थिति रहेको थियो ।