किड्स होम एकेडेमी बाट कक्षा ८ र ५ मा शत प्रतिशत विद्यार्थी उत्तीर्ण
गैँडाकोट। गैँडाकोट वडा नम्बर १० मा अवस्थित किड्स होम एकेडेमीले कक्षा ८ को परीक्षामा शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ। विद्यालयबाट कक्षा ८ को परीक्षामा सहभागी १६ जना विद्यार्थीहरू सबै उत्तीर्ण भएका हुन्। कक्षा ८ को परीक्षामा ३ दशमलव ६१ देखि ४ जीपीए ल्याउने दुई जना , त्यस्तै ३ दशमलव २१ देखि ३ दशमलव ६० जीपीए ल्याउने १० जना र २ दशमलव ८१ देखि ३.२० जीपीए ल्याउने ४ जना विद्यार्थी रहेका छन्।
त्यस्तै कक्षा ५ को परीक्षामा पनि विद्यालयले शत प्रतिशत नतिजा निकाल्न सफल भएको छ। कक्षा ५ मा ३४ जना विद्यार्थी सहभागी रहेकोमा सबै विद्यार्थी उत्तीर्ण भएका छन्। कक्षा ५ मा ४ जीपीए ल्याउने २ जना, ३ दशमलव ६१ देखि ३.९९ जीपीए ल्याउने २४ जना , त्यस्तै ३ दशमलव २१ देखि ३ दशमलव ६० जीपीए ल्याउने ८ जना विद्यार्थी रहेका छन्।
विद्यालयका प्रधानाध्यापक वासुदेव गैरेले सबै विद्यार्थीहरूको मेहनत, शिक्षकको सिकाई क्रियाकलाप र अभिभावकको मार्गदर्शनले नतिजा राम्रो आएको बताउनुभएको छ। किड्स होम एकेडेमीले यस भन्दा अगाडिका परीक्षामा पनि राम्रो नतिजा ल्याउन सफल भएको थियो ।