समाजको सेवामा सधै लागे अब देश र जनतामा समर्पित हुन चाहान्छुः खरेल
चितवनः आसन्न प्रतीनिधि सभामा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेद्धार मीना खरेलले आफ्नो जीवन सधै भरी समाजका लागि सुम्पिएको बताउनुभएको छ । लामो समय सामाजिक काममा रहेर अहिले नेपाली काँग्रेसबाट प्रतिनिधि सभा चितवन क्षेत्र नम्बर २ बाट उम्मेद्धार बन्नु भएकी खरेलले आज यहाँ पत्रकारहरुसंगको भेटघाटका क्रममा उहाँले अबको जीवन देश र जनताका लागि समर्पित गर्न आफु प्रतिर्शप्रधामा आएको बताउनुभयो ।
उहाँले भन्नुभयो “अहिले सम्म असाहायको काम गरे अब देश र जनाको लागि समर्पित भएर काम गर्न चाहान्छु ।” अहिले देशको बिषम परिस्थितिमा जनतको घरदैलोमा पुग्न सक्ने एक मात्र उम्मेद्धार आँफु भएको भन्दै उहाँले जनताका प्रतिनिधि भेट्न चुनाब कुर्नुपनै अबस्था आउन नदिने बिश्वाश व्यक्त गर्नुभयो । नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकारहरुको प्रश्नमा जवाफ दिदै उहाँले भन्नुभयो “अब जनताले आफ्नो प्रतिनिधि खोज्दै हिड्नु पर्ने अबस्था आउने छैन ।” उहाँले थप्नुभयो “समाजको काममा नथाकेको म अब देशको काममा थाक्छु भन्ने छैन ।”
अहिले आफनो मुद्धाहरु जनताको भावना अनुसार रहेकाले आँफु र काँग्रेस जनताको जीविकाका लागि सधै लाग्ने उहाँले बताउनुभयो । बदलियको काँग्रेस अव जनता माझ वदलिएर आएको भन्दै उहाँले आफ्नो प्रतिशप्रर्धि कोही नरहेको बताउनुभयो । अहिले काँग्रेसको नेतृत्व गरेका गगन थापा आफैमा युवा पुस्ताको भावना अनुसार चल्ने भएकाले सबै एक ठाउँ भएर विजयी गराउन आग्रह गर्नुभयो ।
सो अबसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीतनारायण श्रेष्ठले काँग्रेस अहिले नयाँ नेतृत्व र नया नीतिका साथ आएकाले सबै एक भएर काँग्रेसका उम्मेद्धारलाई जिताउन आग्रह गर्नुभयो ।
यस्तै चितवन क्षेत्र नम्बर १ मा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । रत्ननगर नगरपालिका वडा नम्बर १४ भएको घरदैलो कार्यक्रममा जेन–जी युवाहरुले आफुहरुको भावना सम्बोधन गर्न आग्रह गरेका थिए ।
सो क्रममा बोल्दै प्रतिनिधि सभा सदस्य राजेन्द्र बुर्लाकोटीले युवा पुस्ताको भावना अनुसार काँग्रेसमा परिवर्तन भएको बताउँदै आँफु पनि युवाको भावना अनुसार काम गर्न प्रतिनिधि सभा सदस्यमा उम्मेद्धारी दिएको बताउनुभयो । कार्यक्रममा काँग्रेस जिल्ला सभापति राजेश्वर खनाल, क्षेत्रीय निर्वाचन संयोजक किरण भूषण ओली, राष्ट्रिय सभा सदस्य गिता देवकोटा, चितवन–काठमाडौं सम्पर्क समाजका सभापति ऋशेश्वर थपलिया, काँग्रेस नेतृ नीता ढकाल, अनिता अर्यालले अब देशको जिम्मेवारी काँग्रेसले लिने बताउनुभयो ।
चितवन क्षेत्र नम्बर तीनका उम्मेद्धावर टेक प्रसाद गुरुङ्ले थारुश्र समुदायको मागहरु सम्बोधन गर्न काँग्रेनै आबश्यक रहेको बताउनुभयो । आज माडी वडा नम्बर ४ लगाएतका वडाहरुमा घरदैलो कार्यक्रममा बोल्दै उहाँले थारु समुदायको माग पुरा गर्न काँग्रेसको नेतृत्व आबश्यक हुने बताउनुभयो । उहाँले भन्नुभयो “काँग्रेस सधै जनताको पक्षमा छ । अबि पनि रहने छ ।” यस्तै जिल्लाका सबै वडाहरुमा काँग्रेस नेता तथा कार्यक्रताहरुले नियमित घरदैलो कार्यक्रम गरिरहेका छन् ।