ज्येष्ठ नागरिक वडा संघ गैंडाकोट १२ को अध्यक्षमा होमनाथ गौडेल रेग्मी चयन
गैंडाकोट । ज्येष्ठ नागरिक वडा संघ गैंडाकोट १२ को साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार गैंडाकोट १२ स्थित वडा कार्यालयको सभाहलमा सम्पन्न भएको छ ।
संघका अध्यक्ष मिनासदा शंकरको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि गैंडाकोट १२ का वडा सदस्य जीवराज महत्तो रहनुभएको थियो । उहाँले ज्येष्ठ नागरिक राष्ट्रका गहना रहेको हुँदा उहाँको सम्मान र हेरचाहमा सबै सधै लागी पर्नुपर्ने बताउनुभयो । वडासदस्य महत्तोले ज्येष्ठ नागरिकको सहयोगका लागी वडाले सधैँ सहयोग गर्दै आएको र आगामी दिनहरुमा पनि सहयोग गर्ने प्रतिबद्धधता जनाउनुभयो । उहाँले सरकारले समेत ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा ज्येष्ठ नागरिक सहसचिव गोकुल रेग्मी, ज्येष्ठ नागरिक नगर संघ अध्यक्ष मुक्तिनाथ न्यौपाने, ज्येष्ठ नागरिक वडा कोषाध्यक्ष चन्द्रकली ढकालले कार्यक्रममाथि प्रकाश पार्दै शुभकामना मन्तव्य राख्नुभएको थियो ।
निर्वाचन मण्डलका संयोजक कृष्णप्रसाद पराजुलीले होमनाथ गौडेल रेग्मीको अध्यक्षतामा ११ सदस्यीय ज्येष्ठ नागरिक वडा संघ गठन गरेको छ । संघका नवनिर्वाचित पदाधिकारीहरूमा उपाध्यक्षमा भद्रबहादुर भण्डारी, सचिव छविराम रेग्मी, कोषाध्यक्ष चन्द्रावती ढकाल, सहसचिव जितबहादुर सुवेदी रहनुभएको छ ।
समितिको सदस्यहरूमा कृष्णलाल कंडेल, गोविन्द लामिछाने, प्रेम शर्मा ढकाल, कोपिला जि.सी, यशमती वि.क, चन्द्रावती खरेल रहनुभएको छ । त्यसैगरी, नगर प्रतिनिधि सदस्यमा मिना सदा शंकर, दण्डपाणी ढकाल र नरिश्वर सुवेदी रहनुभएको छ ।
यसअघि सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य ज्येष्ठ नागरिक सहसचिव गोकुल रेग्मीले राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण ज्येष्ठ नागरिक नगर सदस्य लिलाधर पोखरेलले गर्नुभएको थियो । ज्येष्ठ नागरिक संघ गैंडाकोट नगर अध्यक्ष मुक्तिनाथ न्यौपानेले माघभित्र नगरभित्रका सबै वडामा ज्येष्ठ नागरिक संघ गठन गरिसक्ने जानकारी समेत दिनुभएको छ । कार्यक्रममा वडाभित्रका ८२ जना ज्येष्ठ नागरिकहरूको उपस्थिति रहेको थियो । 