अग्रणी बन्दै मध्य नेपाल सहकारी

गैँडाकोट ।
मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्रगतिनगरको दास्रो साधारण सम्पन्न भएको छ ।
कार्यक्रममा देवचुली नगरपालिकाका नगरप्रमुख पुर्णकुमार श्रेष्ठले गरिवलाई धनि बनाउने कार्यक्रम ल्याउनपर्ने बताउनुभयो । धनी धनी बन्दै जाने र गरिव गरिव बन्दै जाने व्यवस्थाको अन्त्य गरि गरिव पनि धनी हुने किसिमको कार्यक्रम आवश्यक हुनेमा जोड दिनुभयो ।
मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष मानसिङ खत्रीले सहकारीग्राम गैँडाकोटका सहकारीकर्मीको मायाले उत्साह थपिएको बतानुभयो । उहाँले वित्तीय सेवा मार्फत उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै उहाँले कार्यक्रममा आएका सुझावलाई आत्माित गर्दै अघि बढने बताउनुभयो ।
देवचुली नगर उपप्रमुख पार्वता तिवारी, वडाध्यक्ष डिलबहादुर खत्री, संस्थाका सल्लाहकार संयोजक खेमराज सापकोटा, जिल्ला बचत तथा ऋण सहकारी संस्थाका कार्यबाहक अध्यक्ष होमनाथ जैसी लगायतले शुभकामना सन्देश राख्नुभएको थियो ।
गत आर्थिक बर्षमा करिव दुइ करोड ७० लाख नाफा गरेको सहकारीमा प्रमुख कार्यकारी अधिकृत नरभुपाल भुषालले जानकारी दिनुभयो ।
आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष तिलप्रसाल काफ्लेले १४ करोड ४३ लाख आम्दानी गर्ने प्रस्तावित बजेट पेश गर्नुभयो ।
प्रगति प्रतिबेदन प्रस्तुत गर्दे सचिव कुश्माखर काफ्ले शेयर सदस्य २२ हजार ३८ जना पु¥याउने बताउनुभयो ।
लेखाा प्रतिबेदन प्रस्तुत गर्दै लेखा संयोजक यदुनाथ काफ्लेले साना व्यवसायलाई ऋण लगानी गरि सदस्यता बृद्धि गर्न सुझाव दिनुभयो ।
९ वटा सहकारी एकिकरण भई बनेको मध्य नेपाल सहकारीमा अहिले १८ हजार बढि सदस्य र सवा अर्बको पूँजी पुगेको मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचिव कुश्माखर काफ्लेले जानकारी दिनुभयो ।
देवचुली १४ प्रगतिनगरमा केन्द्रीय कार्यालय रहेको सहकारीले व्यावसायिक तथा प्रविधिमैत्री, सक्षम र गुणस्तरिय वित्तीय सहकारीको परिकल्पना गरेको छ । संस्थामा ११ करोड ८० लाख ५८ हजार ७०० सेयरपुँजी रहेको छ । संस्थाले ११ वटा सेवा केन्द्रमार्फ बित्तिय र गैर बित्तय कार्यक्रमहरु गर्दै आएको छ ।