नन्दन वनको निर्वाचन कार्यतालिका तय, अध्यक्षमा तीनजना आकांक्षी

२०७८ असोज २१ बिहीबार १५:२०:०० मा प्रकाशित


गैँडाकोट । नन्दन सामुदायिक वन उपभोक्ता समूह गैँडाकोटको नयाँ कार्यसमिति र लेखा समिति चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । 
कार्तिक ३ गते मतदान गर्नेगरि निर्वाचन कार्यतालिका तय गरिएको निर्वाचन समिति संयोजक ईन्द्रराजज्योती पौडेलले जानकारी दिनुभयो । २३ औँ साधारण सभाले जिम्मेवारी प्रदान गरेसँगै आज बसेको निर्वाचन समितिले आज मतदाता नामावली सार्वजनिक गर्ने, २४ गते उम्मेदवारी मनोनयन र उम्मेदवारहरुको प्रथम नामावली प्रकाशन, २५ गते दावी बिरोध र उम्मेदवारहरुको नामावली प्रकाशन, ३१ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन र कार्तिक ३ गते बिहान ८ बजेदेखी दिउँसो ३ बजेसम्म मतदान केन्द्रभित्र प्रवेश गरिसक्नुपर्ने गरि निर्वाचन कार्यतालिका सार्बजनिक भएका छन् । 
तोकिएको सङ्ख्या भन्दा वढि पदमा उम्मेदवारी परेमात्र मतदान हुने अन्यथा ३१ गते नै सम्पूर्ण निर्वाचन कार्यक्रम सम्पन्न हुने उहाँले बताउनुभयो ।  
स्रोतका अनुसार नन्दन वनको अध्यक्ष पदका लागि ३ जनाले आकांक्षा देखाएका छन् । अध्यक्षमा टिकाराम सुवेदी, दयासागर सुवेदी र डिलाराम सापकोटाले आंकक्षा प्रकट गरेको जनाईएको छ । यद्यपी सर्वसम्मत गराउने प्रयास भने जारी रहेको छ ।