४ महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ

२०८२ मङ्सिर २२ सोमबार १३:२९:०० मा प्रकाशित

काठमाडौं । आफ्नै ४ महिने छोराको हत्या गरेको अभियोगमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पुष्कर कार्की पक्राउ परेका छन् ।

निजले काठमाडौँको सिनामङ्गलमा आफ्नै चार महिने छोराको हत्या गरेर भागेको अवस्थामा नागढुङ्गाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।

 

उहाँले भन्रुभयो, “छोराको हत्या गरी भागेको अवस्थामा असई कार्कीलाई नागढुङ्गाबाट पक्राउ गरेका छौँ, उक्त विषयमा अहिले थप अनुसन्धान भइरहेको छ ।” असइ कार्कीले सिनामङ्गलस्थित आफ्नो कोठामा घाँटी थिचेर छोराको हत्या गरेको प्रहरीले जनाएको छ । हत्याको कारणबारे प्रहरीले अनुसन्धानपछि खुल्ने जनाएको छ ।