गैंडाकोटमा लायन्स क्लबहरुको संयुक्त न्यानो कपडा, स्टेशनरी वितरण तथा मधुमेह परिक्षण
गैंडाकोट । लायन्स क्लब अफ गैंडाकोट, लायन्स क्लब अफ गैंडाकोट सिटी र लायन्स क्लब अफ कालिगण्डकीको संयुक्त आयोजनामा न्यानो कपडा तथा स्टेशनरी वितरण तथा मधुमेह परिक्षण कार्यक्रम शनिबार गैंडाकोट १८ स्थित विरेन्द्र आधारभुत विद्यालय बसेनीमा सम्पन्न भएको छ । कार्यक्रमअन्र्तगत सोही विद्यालयमा अध्ययनरत ३० जना विद्यार्थीहरुलाई न्यानो कपडा तथा स्टेशनरी सामाग्री वितरण गरिएको छ भने १ सय ५० जनाले निशुल्क स्वास्थ्य जाँच गरेका छन् ।

कार्यक्रम लायन्स क्लब अफ गैंडाकोटका अध्यक्ष लायन अर्जुन सापकोटाको अध्यक्षतामा, तथा लायन्स क्लब अफ गैंडाकोट सिटीका अध्यक्ष लायन किरण सापकोटा र लायन्स क्लब अफ कालिगण्डकीका पुर्व अध्यक्ष लायन टंक चापागाइको सह अध्यक्षतामा सम्पन्न भएको थियो । सञ्जय बन्जराले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको लायन किरण सापकोटाले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष गोविन्द सुवेदीले लायन्स क्लबको संयुक्त रूपमा गरेको सामग्री वितरण तथा सेवामूलक गतिविधि प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

