श्री सीताराम मन्दिर गैँडाकोटको वार्षिक साधारणसभा सम्पन्न

२०८२ मङ्सिर ८ सोमबार ११:२३:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नम्बर ६ स्थित श्री सीताराम मन्दिर तथा रामघाट क्षेत्र विकास समितिको २६ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । 
मन्दिर परिसरमा भएको कार्यक्रममा गैँडाकोट वडा नम्वर ६ का वडा अध्यक्ष सुभाष चापाँगाईले नारायणी नदी किनारको धार्मिक सम्भावनालाई उपयोग गरी  नमूना धार्मिक स्थलका रूपमा विकास गर्ने योजनाहरू अघि बढाइने बताउनुभयो। वडा अध्यक्ष चापाँगाईले मन्दिर क्षेत्रको विकासमा वडा कार्यालयले आवश्यक सहयोग गर्दै आएको छ र अगामि दिनमा पनि गर्ने जानकारी दिनुभयो।


श्री सीताराम मन्दिर तथा रामघाट क्षेत्र विकास समितिका अध्यक्ष थानिश्वर भुषालले धार्मिक, सांस्कृतिक तथा पर्यटनीय सम्भावनालाई मध्यनजर गर्दै समितिले आगामी दिनमा संरचना निर्माणदेखि कार्यक्रम व्यवस्थापन सम्मका काम योजनाबद्ध रूपमा अघि बढाउने जानकारी दिनुभयो। 


मन्दिरका सचिव प्रेम प्रसाद सापकोटाले प्रगति प्रतिवेदन, कोषाध्यक्ष तीलक प्रसाद कंडेलले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । तेस्तै लेखा समितिको प्रतिवेदन संयोजक जिवन थापाले प्रस्तुत गर्नुभएको थियो ।
साधारण सभामा मन्दिरका पुर्व अध्यक्ष हेमलाल सापकोटा ,कालिका मन्दिर कालिका आश्रमका पुर्व अध्यक्ष धन प्रसाद सापकोटा लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।


श्री सीताराम मन्दिरका उपाध्यक्ष दुर्गादत्त कंडेलले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको सहजिकरण सचिव प्रेम प्रसाद सापकोटाले गर्नु भएको थियो ।