नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा देवचुली जेसीजका पुर्व अध्यक्ष गणेश सापकोटाको उम्मेदवारी

मातृशाखा गैंडाकोट जेसीजबाट शाखा भिजिट सुरु

२०८२ मङ्सिर ३ बुधबार १३:२७:०० मा प्रकाशित

गैंडाकोट । देवचुली जेसीजका पुर्व अध्यक्ष गणेश सापकोटाले आफ्नो मातृशाखा गैंडाकोट जेसीजबाट शाखा भिजिट कार्यक्रम सुरु गर्नुभएको छ । हाल नेपाल जेसीज वर्ष २०२५ का कार्यकारिणी उपाध्यक्ष रहनुभएका सापकोटाले राष्ट्रिय अध्यक्षको उम्मेदवारी दर्ता गरेसंगै देशभर रहेका जेसीज अग्रजको आशीर्वाद र मतदाता समक्ष पुगेर मत माग्न थाल्नुभएको देवचुली जेसीज वर्ष २०२५ का अध्यक्ष ढुण्डिराज केसीले जानकारी दिनुभयो । 

आफुलाइ जेसीजमा लाग्ने प्रेरणा गैंडाकोट जेसीजबाटै मिलेको बताउँदै नेपाल जेसीजको नेतृत्व प्राप्तिको लागि पनि गैंडाकोट जेसीजको साथ र सहयोग रहने विस्वास लिएको सापकोटाले बताउनुभयो । देशभरका जेसीज अभियानमा जोडिएका जेसीज सदस्यहरुसग राम्रो सम्बन्ध रहेका सापकोटाले आफू अध्यक्ष भएमा जेसीजको माध्यमबाट ब्यक्तित्व र नेतृत्व बिकासका लाग्ने बताउनुभयो । 

एकता,नेतृत्व र रुपान्तरण भन्ने प्रकरणलाई आत्मसाथ गर्दै नेपाल जेसीजको इतिहासमा सुनौलो अक्षरले नाम लेख्ने गरि काम गर्ने सापकोटाले प्रतिवद्द्ता व्यक्त गर्नुभएको छ । नेपाल जेसीजको ५२ औं राष्ट्रिय महाधिवेशन यहि पुष ४ गतेदेखि ७ गतेसम्म जनकपुरमा हुँदैछ भने राष्ट्रिय अध्यक्षमा सापकोटा सहित रश्मि शिल्पाकार,विजय गुरुङ,जीवन कार्की,राजाराम गौतम,भिम बहादुर कुवर र सुनिल तिम्सिनाको उम्मेदवारी परेको छ ।