गैँडाकोटमा नगरस्तरीय आठौँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु
गैँडाकोट । गैँडाकोटमा नगरस्तरीय आठौँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु भएको छ । शुक्रबार लक्ष्मी मा.वि अमरापुरीमा नगरस्तरीय आठौं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु भएको हो । गैँडाकोट नगरपालिकाको आयोजना, लक्ष्मी माध्यामिक विद्यालयको व्यवस्थापन र गैँडाकोट नगर खेलकुद विकास समितीको संयोजनमा भएको प्रतियोगिता आज देखि २४ गतेसम्म सञ्चालन हुने छ ।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले खेलाडीलाई जति धेरै प्रतिस्पर्धा भयो उतिनै निखारीदै अगाडी बढ्न सजिलो हुने बताउनुभयो ।उहाँले शारिरीक र मानसिक स्वास्थ्यका लागि खेल अति आवश्यक रहेको बताउनुभयो । खेलाडीहरूले समाज, राष्ट्रका लागि योगदान गर्न सक्ने भएकाले विद्यार्थी उमेरदेखि नै खेलकुदमा सक्रिय हुन उहाँले अनुरोध गर्नुभयो ।
गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले हामीले हाम्रो शरिर स्वास्थ राख्न र रोगहरुसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने भन्रुभयो ।उहाँले दैनिक व्यायाम र खेलकुदले शरिरलाई स्र्फुत राख्न सघाउ पु¥याउने बताउँनुभयो । उहाँले विद्यार्थीलाई अनुशासित बनाउन समेत खेलकुदले सिकाउने बताउँनुभयो ।
शिक्षा विकास तथा समन्वय इकाई बर्दघाट सूस्ता पूर्वका इकाई प्रमुख दिपेन्द्र श्रेष्ठले खेलक्षेत्रको विकास र नयाँ प्रतिभाको पहिचान गर्न प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रतियोगितामा प्रथम हुने टिमले २५ हजार, द्वितीय हुने टिमले २० हजार र तृतीय हुने टिमले १५ हजार रुपैया नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । मार्चपासमा प्रथम हुने समुहले ७ हजार, द्वितीयले ५ हजार, तृतीयले ३ हजार र सान्त्वनाले १ हजार पाँच सय नगद पुरस्कार सहित ट्रफी पाउने प्रधानाध्यापक मणिभद्र कँडेलले जानकारी दिनुभयो। खेलाडीहरुको स्वस्थ्यको सुरक्षाका लागि बिद्यालय नर्स, एम्बुलेन्स प्रत्येक खेलमा रहने छन् भने प्रत्येक खेलाडिको १ लाख बराबरको बिमा समेत गरिएको प्रधानध्यापक कंडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा गैडाकोट वडा नम्बर १६ का वडा अध्यक्ष विनोद कुमार मल्ल, वडा नम्बर १४ का वडाध्यक्ष कोकिसरा रानाामगर, र वडा नम्बर १५ का वडा अध्यक्ष प्रेमराज तिमल्सिना , रनिङ्गशिल्डमा भाग लिएका विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधी ,शिक्षक र बिद्यार्थीको उपस्थिती रहेको थियो ।
लक्ष्मी माध्यमिक विद्यालय का प्रधानध्यापक तथा आठौ राष्ट्रपति रनि∙शिल्ड प्रतियोगिताका सदस्या सचिव मणिकण्ठ कडेंलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजिकरण शिक्षकद्धय कृष्णप्रसाद सापकोटा र कमलादेवी ढकालले गर्नुभएको थियो ।
प्रतियोगितामा भलिबल, कवड्डी, एक सय मिटर देखी ३ हजार मिटरसम्मको दौड प्रतियोगिता, रिले रेस, हाइजम्प, लङजम्प, त्रिपलजम्प, भाला हान्ने खेल(ज्याब्ली∙), सटफुट, मार्सलआर्ट तर्फ तेक्वान्दो र कँंराते लगायतका खेलमा प्रतिस्पर्धा हुने छ । गैंडाकोटका ३२ वटा विद्यालयका करिब १२०० विद्यार्थीहरूले सहभागी जनाउने प्रतियोगितामा ३०० भन्दा बढी मेडलको लागि प्रतिस्पर्धा हुनेछ ।
कार्यक्रममा सहभागी प्रत्येक विद्यालयका विद्यार्थीहरुले मार्चपास समेत गरेका थिए । लगातार तीन वर्षसम्म विजय हुने टिमले रनिङ्गशिल्ड प्राप्त गर्न सक्नेछ । प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने खेलाडीहरू जिल्लास्तरीय रनिङ्गशिल्ड प्रतियोगितामा छनौट हुने छन् ।
आज भएको उद्घाटन खेलमा भलिबलतर्फ लक्ष्मी माध्यमिक विद्यालय अमरापुरी र बालज्योति मा.वि गैंडाकोट १८ बिचको प्रतिस्पर्धमा लक्ष्मी माध्यमिक विद्यालय अमरापुरी विजयि भएको हो ।
नयाँ प्रतिभाको पहिचान गर्न प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विद्यार्थीलाई अनुशासित बनाउन समेत खेलकुदले सिकाउने बताउँदै खेलाडीहरूले समाज, राष्ट्रका लागि योगदान गर्न सक्ने भएकाले विद्यार्थी उमेरदेखि नै खेलकुदमा सक्रिय हुन उहाँले अनुरोध गर्नुभयो ।