उचित तलबको माग गर्दै चितवनमा नर्सहरूले गरे प्रदर्शन
चितवन । उचित तलबको माग गर्दै चितवनमा नर्सहरूले प्रदर्शन गरेका छन् ।केही दिनदेखि विभिन्न निजी अस्पतालका नर्सहरू आन्दोलित छन् ।
सरकारले तोकेको सेवासुविधा आफूहरूले पाउनुपर्ने माग नर्सहरूले गरेका छन् । प्ले कार्ड सहित कात्तिक १३ गते बिहान चौबिसकोठीदेखि हाकिमचोकसम्म प्रदर्शन गरिएको हो ।