जेनजी आन्दोलन हुँदा गृह सचिव रहेका दुवाडीलाई काठमाडौँ बाहिर जान आयोगको अनुमति

२०८२ कार्तिक १० सोमबार १३:५०:०० मा प्रकाशित

काठमाडौँ । जेनजी प्रदर्शन हुँदा गृह मन्त्रालयको सचिवको जिम्मेवारीमा रहेका गोकर्णमणि दुवाडीलाई उपत्यका छाड्न अनुमति दिइएको छ । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले दुवाडी सहित ५ जनालाई उपत्यका बाहिर जान रोक लगाउने निर्णय गरेको थियो ।

 

भदौ २३ र २४ मा भएको घटना छानबिन गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा र सचिव दुवाडी र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई उपत्यका छाड्न रोक लगाएको थियो । उनीहरूको पासपोर्ट पनि रोक्का गरिएको छ ।