देउवाले दिए पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी

२०८२ असोज २८ मंगलबार १५:३७:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवहाक तोकेका छन्। सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसमितको बैठकमा बोल्दै सभापति देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन्।

मेरो स्वास्थका कारणले म पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवहाक सभापतिकारूपमा काम गर्नेगरी तोकेको छु,उहाँले भन्रुभयो, पार्टीको बृहत्तर हितमा काम गर्नुहुनेछ भन्ने मेरो विश्वास छ। जेनजी आन्दोलनपछि सभापति देउवा पहिलो पटक सार्वजनिक भएका हुन्।

सम्बोधनका क्रममा सभापति देउवाले नेपालको संविधान जोखिममा परेको बताउँदै जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधिसभा असंवैधानिधक  तथा अलोकतान्त्रिक तवरले विघटन भएको बताउनुभयो।

सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनको मिति तोकेको भएपनि स्वतन्त्र ,निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बन्न नसकेको धारणा राखे। उहाँले भन्रुभयो, सरकारले  प्रतिनिधिसभाको निर्वाचनको मिति तोकेको छ। निर्वाचनको वातावरण बन्न सकेको छैन।