गैँडाकोटमा आगलागीबाट एक महिलाको मृत्यु

२०८२ असोज १९ आइतबार १७:०७:०० मा प्रकाशित

गैंडाकोट । गैँडाकोट–१० सम्झना चोकमा आइतबार बिहान आगलागीमा परेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार ७९ वर्षीया श्याम कुमारी श्रेष्ठ आफ्नै घरको भुईँतलाको कोठामा आगलागी हुँदा मृत अवस्थामा फेला परेकी हुन् । खबर प्राप्त हुनासाथ इलाका प्रहरी पोस्ट वेल्डिहाबाट तीन जनाको टोली घटनास्थल पुगेको थियो । घटनाबारे थप अनुसन्धानका लागि प्रहरी उपरीक्षकको कमान्डमा अपराध स्थल अनुसन्धान टोलीसहित ११ जनाको टोली खटिएको र आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।