प्रकृति संरक्षण पुरस्कार–२०८२ बाट मौलाकाली सामुदायिक वन पुरस्कृत

गैंडाकोट । श्री वनप्राविधिक समाज चितवनको आयोजनामा प्रदान गरिएको ‘प्रकृति संरक्षण पुरस्कार–२०८२ बाट गैंडाकोट स्थित मौलाकाली सामुदायिक वन पुरस्कृत भएको छ।
वन्यजन्तु, वातावरण, जलाधार तथा जैविक विविधताको संरक्षण र व्यवस्थापनमा उल्लेखनीय योगदान गरेको कारण मौलाकाली सामुदायिक वनलाई रु. १७,५०० ( सत्र हजार पाँच सय ) नगद सहित सम्मान पत्र प्रदान गरिएको हो।
कार्यक्रममा वन प्राविधिक समाज चितवनका अध्यक्ष दुर्गाबहादुर कार्कीले मौलाकाली सामुदायिक वनले सिमसार, घाँसेमैदान व्यवस्थापन र जैविक विविधता संरक्षणमा गरेको योगदान सराहनीय रहेको उल्लेख गर्नुभयो।
त्यस्तै संरक्षक गोकुलराज पाण्डेले भविष्यमा अझ सिर्जनात्मक र अनुकरणीय कार्य गर्ने अपेक्षा व्यक्त गर्नुभयो।
मौलाकाली सामुदायिक वनका अध्यक्ष हरिप्रसाद सापकोटाले वन उपभोक्तासँग हातेमालो गर्दै सधैं प्रकृति र सिमसार संरक्षणमा सक्रिय रहँदै आएको बताउनुभयो। उहाँले प्राप्त पुरस्कारले संरक्षणका कार्यमा अझ हौसला मिलेको प्रतिक्रिया दिनुभयो। सम्मान कार्यक्रममा समुहको उपाध्यक्ष भगवान घिमिरे ,सचिव ईन्दिरा शर्मा ,कार्यलय सचिव अर्जुन सापकोटाको उपस्थित रहेको थियो ।