जेनजी आन्दोलनमा घाइते भएकाहरुलाई अस्पतालमै पुगेर परिचयपत्र वितरण , देशभरका १६ अस्पतालहरुमा जेनजी क्लिनिक स्थापना

जेनजी आन्दोलनको क्रममा घाइते भएकाहरुलाई गृहमन्त्री ओमप्रकाश अर्यालले अस्पतालमै पुगेर परिचयपत्र वितरण सुरु गरेका छन् ।
गृह मन्त्रालयको निर्णय बमोजिम जेनजी आन्दोलनका घाइतेलाई परिचय पत्र वितरणसँगै अस्पतालहरुमा डेडिकेटेड जेनजी क्लिनिक समेत स्थापना गरिएको छ ।
घाइतेहरुको फलोअप उपचार व्यवस्थित होस् भन्ने उद्देश्यले काठमाडौं उपत्यकासहित देशभरका १६ अस्पतालहरुमा जेनजी क्लिनिक स्थापना गरिएको मन्त्रालयले जनाएको छ । साथै जेनजी आन्दोलनका घाइतेहरुलाई अस्पतालसम्म निस्शुल्क आउ–जाउको व्यवस्था समेत मिलाइएको छ ।