बनेपामा ७ सय ३० राउण्ड ‍गोलीसहित ८ जना पक्राउ

२०८२ भदौ २९ आइतबार १२:१५:०० मा प्रकाशित

काठमाडौं । बनेपा नगरपालिका-९ बाट ७ सय ३० राउण्ड गोलीसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बनेपा नगरपालिका-९ बस्ने २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ वर्षीय किशोर, १५ वर्षीय बालक, बारा घर भएका २० वर्षीय महेश मुखिया, मकवानपुर बकैया गाउँपालिका-६ घर भएका २४ वर्षीय सुशान्त लो, तेमाल गाउँपालिका-२ घर भएका २१ वर्षीय तिमोथी तामाङ र पनौती नगरपालिका-१० बस्ने ३४ वर्षीय अछुत खड्का रहेका छन् । उनीहरुलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।