प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु, करिब ७० जना घाइते
_FpvTqsA4EQ2025-09-08-02-28-30.jpeg)
काठमाडौँ । काठमाडौँमा जेनजी पुस्ताले गरेको प्रदर्शनका क्रममा घाइते एक जनाको मृत्यु भएको छ भने करिब ७० जना घाइते भएका छन् ।
सरकारविरुद्धको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते प्रदर्शनकारीको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर मोहनचन्द्र रेग्मीले मृत्युको पुष्टि गर्दै घाइते भएका ७० जनाभन्दा बढीको उपचार भइरहेको पनि जानकारी दिनुभयो । मृतकको पहिचान भने खुलाइएको छैन। प्रर्दशनको रिपोटिङ गर्न पुगेका तीन पत्रकार पनि घाइते भएका छन्। उनीहरुको सिभिल अस्पतालमै उपचार भइरहेको छ।