टी रिक्सा चार्ज गर्ने क्रममा सप्तरीमा करेन्ट लागेर दम्पतीको ज्यान गयो

सप्तरी । सप्तरीमा रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर दम्पतीको ज्यान गएको प्रहरीले जनाएको छ।
ज्यान गुमाउनेमा सप्तरीको रुपनी गाउँपालिका-२ पौवाँका ४५ वर्षीय बालेश्वर खंग मण्डल र उहाँकी श्रीमती ४२ वर्षीया रामकुमारी खंग रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदयकुमार राईले जनाकारी दिनुभयो ।
दुवै जनाको आज बिहान विद्युतबाट चल्ने सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर ज्यान गएको हो ।
आफ्नै घरमा सिटी रिक्सा चार्ज गर्न खोज्दा पहिला श्रीमानलाई करेन्ट लागेपछि उहाँलाई छुटाउन जाँदा श्रीमतीलाई समेत करेन्ट लागेको थियो । त्यसै क्रममा करेन्ट लागेपछि दुवै जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । रासस