गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही,

२०८२ श्रावण ९ शुक्रबार १६:२१:०० मा प्रकाशित

नवलपुर । त्रिभुवन विश्वविद्यालयले कडा कदम चालेको छ । विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले गैंडाकोटस्थित नागरिक कलेजसहित चार कलेजलाई फूड टेक्नोलोजी कार्यक्रममा विद्यार्थी भर्नामा तत्काल रोक लगाउने निर्णय गरेको छ । शैक्षिक सत्र २०८१÷०८२ का लागि गरिएको प्रवेश परीक्षामा सहभागी नै नभएका विद्यार्थीलाई गैरकानुनी रूपमा भर्ना गरिएको पुष्टि भएपछि विश्वविद्यालयले यस्तो निर्णय लिएको हो। यसरी बिना मापदण्ड विद्यार्थी भर्ना गर्नु न केवल त्रिविको आचारसंहिता विपरीत हो, यो सम्पूर्ण शैक्षिक प्रणालीमाथिको गम्भीर प्रश्न पनि हो । अध्ययन संस्थानका अनुसार यही साउन ६ गते बसेको विद्यापरिषद्को स्थायी समितिको बैठकले नागरिक कलेज, गैंडाकोट, नवलपरासी, विराट मल्टिपल कलेज, विराटनगर, धरान बहुमुखी क्याम्पस, धरान र निलगिरी कलेज, सुनसरीका यी कलेजहरूमा फूड टेक्नोलोजी कार्यक्रममा नयाँ विद्यार्थी भर्ना नगर्न निर्देशन दिएको छ ।