न्यून शुल्कमा गुणस्तरीय शिक्षा दिदै जनक नमुना मावि

नवलपरासी पूर्व । वि.सं. २०१५ सालमा एउटा सानो छाप्रोबाट सुरु गरिएको विद्यालय राष्ट्रकै नमुना विद्यालय बन्ने जमर्को गरिरहेको छ । वि.सं. २०५३ सालमा उच्च माध्यामिक शिक्षा परिषद्बाट स्वीकृती पाएपछि उच्च माविका कक्षा सञ्चालन भए । वि.सं. २०५४ सालबाट यस विद्यालयमा शिक्षा, मानविकी र व्यवस्थापनमा पठनपाठन सुरु भयो । समय र समुदायको मागले वि.सं. २०७३ सालबाट विज्ञान संकायका कक्षाहरु सञ्चालन हुँदै आएको छ । अहिले यस विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान, कम्प्युटर साइन्स, जनरल म्यानेजमेण्ट, होटल म्यानेजमेण्ट, एजुकेशन र ह्ुमानिटिज संकायका कक्षाहरु सञ्चालनमा छन् । शिक्षा प्राप्तिसँगै भविष्य निर्माणको जग बसाउन जनक नमुना माविले समय अनुसारको शिक्षा दिइरहेको छ ।
सुन्दर शान्त वातावरण रहेको यस विद्यालयमा व्यवस्थित पूर्वाधार र दक्ष जनशक्तिबाट विज्ञान संकाय सञ्चालनमा रहेको छ । विज्ञान संकाय सञ्चालनका लागि सुविधा सम्पन्न विज्ञान प्रयोगशाला रहेका छन् । सामुदायिक विद्यालय तर्फ कक्षा ११ र १२ मा यस विद्यालयका विद्यार्थीले जिल्लाकै उत्कृष्ट नतिजा हासिल गरिरहेका छन् । वार्षिक ३० हजार रुपँैयामा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको विज्ञान संकायका संयोजक नारायण शर्मा तिवारी बताउनुहुन्छ ।
जनक नमुना माध्यामिक विद्यालयमा विज्ञान संकायका साथै होटल म्यानेजमेण्ट पनि शुलभ शुल्कमा पठनपाठन हुने गरेको छ । होटल म्यानेजमेण्टका लागि पनि बार्षिक ३० हजार रुपँैयाले गुणस्तरीय शिक्षा लिन सकिन्छ । प्रयोगात्मक कक्षाका लागि पनि उचित पूर्वाधारको विकास गरिएको छ । कम्प्युटर साइन्स, शिक्षा तथा मानविकी संकायमा पनि शान्त वातावरण, दक्ष जनशक्ति र शुलभ शुल्कमा पठनपाठन गराइरहेको होटल म्यानेजमेण्ट, शिक्षा तथा मानविकी संकायका कार्यक्रम संयोजक प्रेम आचार्य बताउनुहुन्छ ।
अनुभवी शिक्षकहरू, अनुशासित वातावरण, आधुनिक पूर्वाधार र अभ्यासमुखी शिक्षण पद्धतिलाई अँगालेर अघि बढिरहेको जनक नमुना माध्यामिक विद्यालय शिक्षा क्षेत्रमा समुदायको अग्रणी संस्था हो । नेपाल सरकारको नमुना विद्यालयको रुपमा अघि बढेको यस विद्यालयले समुदायको विश्वास जित्दै गएको छ । न्यून शुल्कमा कक्षा ११ र १२ गुणस्तरीय शिक्षा प्राप्त गर्ने भएपछि अभिभावकहरुको रोजाई बढ्दै गएको विद्यालयका प्रधानाध्यापक चूडामणि शर्मा कंडेल बताउनुहुन्छ ।
नवलपरासी पूर्व गैँडाकोट ५ मा रहेको यस विद्यालयमा २ हजार बढी विद्यार्थी पठनपाठन गर्दछन् । कक्षा ११ र १२ मा समय अनुकुलको शिक्षा प्रदान गर्दै आएको यस विद्यालयमा न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरेको छ । एडुश्री डटकमबाट साभार