विनयी खोलाको डाइभर्सन बगाउँदा नारायणगढ बुटवल सडक खण्ड एकतर्फी

नवलपरासी पूर्व। पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दुम्किबास स्थित विनयी खोलाको डाइभर्सन बगाउँदा नारायणगढ बुटवल सडक खण्ड एकतर्फी सञ्चालनमा रहेको छ ।
मंगलवार राति परेको वर्षा सँगै खोलामा आएको बाढीले विनयी खोलामा निर्माण गरिएको डाइभर्सन बगाएको जिल्ला ट्राफिक प्रहरी कायाृलयका प्रमुख जनक बञ्जराले जानकारी दिनुभयो । यस अघि मंगलवार दिउसो निर्माण गरिएको अस्थायी डाइभर्सन गए राति परेको वर्षाले फेरि बगाएको हो । अहिले पूर्वपश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्धएकतर्फी सञ्चालन रहेको र ७ बजेपछि दुईतर्फी सञ्चालनमा ल्याउने गरी काम भइरहेको उहाँले बताउनुभयो ।
दाउन्नेमा निर्माणाधीन नयाँ पक्की पुल असार १४ गतेदेखि सञ्चालन हुने बताइएको छ । नारायणघाट–बुटबल सडक आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार ढलान भएको २८ दिनपछि पुलमा यातायात सञ्चालन गर्न मिल्दछ । यही जेठ २३ गते पुलको अन्तिम स्पानको ढलान सकिएको हो ।
गत पुस महिनामा ओभर लोडको भारतीय गाडिएको ठक्करबाट पुल भाँचिएपछि डाइभर्सनबाट यातायात सञ्चालन हुँदै आएको हो ।