सहमतिले दियो युवालाई नेतृत्व विकास तालिम

२०८२ जेठ २२ बिहीबार १८:४६:०० मा प्रकाशित

गैँडाकोट । सहमति गैंडाकोटले युवाका लागि नेतृत्व विकास तालिम सुरु गरेको छ। गैंडाकोटमा रहेका ३२ जना युवाको सो तालिममा सहभागिता रहेको छ गैडाकोटका १८ देखि २४ वर्षका युवाहरूको सो कार्यक्रममा सहभागिता रहेको हो। जेठ २२ गतेदेखि सुरु भएको सो तालिम तीन दिनसम्म चल्ने पनि सहमति संस्थाले जनाएको छ।   
सो तालिमको प्रशिक्षकका रूपमा सहमतिका पूर्व अध्यक्ष भीमप्रसाद शर्मा त्यस्तै गरेर उपाध्यक्ष नगेन्द्र रिजाल रहनुभएको छ। युवाहरूको नेतृत्व विकासका लागि सहमति संस्थाले सो तालिम गरेको सहमति संस्थाका अध्यक्ष होमनाथ सुवेदीले बताउनुभएको छ।
तालिममा सहमति संस्था सहमति संस्थाको उद्देश्य आफू र नेतृत्व, नेतृत्व सम्बन्धी दृष्टिकोण सकारात्मक दृष्टिकोण अभिवृद्धि जीवन जिउने कला लगायतका विषयमा तालिममा सहभागी युवाहरूलाई जानकारी गराइएको थियो।
सो तालिममा सहमति संस्थाका महासचिव बेलप्रसाद पौडेल। उपाध्यक्ष नगेन्द्र रिजाल कोषाध्यक्ष तारादेवी शर्मा, कार्यकारी सदस्य दयासागर सुवेदी लगायत सहमतिका कर्मचारी एवं युवाहरूको सहभागिता रहेको थियो।
सो तालिममा सहभागी भएपछि आफूहरूको नेतृत्व र व्यक्तित्व विकास हुनेमा युवाहरूले आशावादी रहेको बताएका छन्।