नेपालि कांग्रेसको प्रदेश सभा स्तरीय अन्तरक्रिया कार्यक्रम गैडाकोटमा सम्पन्न

गैँडाकोट । नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति नवलपुर क्षेत्र नम्बर १(क) ले प्रदेश सभा स्तरीय अन्तरक्रिया कार्यक्रम गैडाकोटमा सम्पन्न भएको छ।
बीपी स्मृति भवन गैडाकोट ५ मा मंगलबार प्रदेशको बजेटका विषयका प्रदेश कार्यसमिती ,महासमिती सदस्य ,महाधिबेसन प्रतिनिधि ,क्षेत्रिय सभापति ,नगर सभापति, वडा सभापति लगायतका ब्याक्तित्वहरु बिच अन्तरक्रिया सम्पन्न भएकोे हो। अन्तरक्रिया कार्यक्रममा बजेटमा पार्टीको प्राथमिकता, नीति तथा कार्यक्रम, विकासका प्राथमिक क्षेत्र, सामाजिक न्याय, शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारमा केन्द्रित रणनीतिबारे छलफल गरिएको थियो।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति एवं गण्डकी प्रदेश सांसद महेन्द्रध्वज जिशीको प्रमुख आतिथ्यता रहेको थियो। उहाँले वडा सभापति सँंग वडाका बिकासका लागि आयोजना माग गर्नुभएको थियो ।अहिले विकास भइरहेको छ, पूर्वाधार निर्माणका क्रममा रहेकोले पहिले भन्दा र अहिले धेरै काम भएको उहाँले बताउनुभयो । अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर १ क प्रदेश सभापति गोपालप्रसाद सापकोटाले प्रदेश बाट आउने बजेटमा आफ्नो ठाँउको बिकासका लागि कुन कुन क्षेत्रमा आवश्यकता छ तेस्को लागि पाटिका वडा अध्यक्ष र वडा सभापति सँग आयोजना माग गर्नु भएको थियो ।
कार्यक्रममा ,नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि एवं गैडाकोट नगरपालिका नगर उपप्रमुख शान्ति कोइराला ,नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि गोकुल सापकोटा , नेपाली कांग्रेस महासमिति सदस्य ओमप्रसाद सापकोटा, नेपाली कांग्रेस क्षेत्रीय सभापति अमृत भट्टचन,नेपाली कांग्रेस गैडाकोट नगर सभापति बद्री सापकोटा, अपांग संघ गैडाकोट अध्यक्ष कृष्ण सुवेदीले आफ्नो मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा नेपाली काग्रेस केन्द्र, प्रदेश, नगर र वडाका प्रतिनिधि एवं सदस्य, गैँडाकोटका जनप्रतिनिधि, शुभेच्छुक र सरोकारवालाको सहभागिता रहेको थियो ।
प्रदेश उपसभापति कविराज आचार्यले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण प्रदेश सचिव प्रवेश आचार्यले गर्नुभएको थियो।