विजय सामुदायिक शिक्षा सदन द्धारा सचेतनामूलक साईकल ¥याली

नवलपरासी पूर्व । नवलपरासी पूर्व गैडाकोटमा रहेको विजय सामुदायिक शिक्षा सदनले “विश्व साईकल दिवस”को अवसर पारेर साइकल ¥याली सम्पन्न गरेको छ ।
नियमित साइकल चलाऔं स्वस्थ्य बनौं भन्ने मूल नाराका साथ आयोजित ¥याली आज विजय सामुदायिक शिक्षा सदन परिसरबाट शुरु भएर कालिका चोक हुदै गैरि हरिहर मन्दिर , ओम शान्ति पिसपार्क, गैडाचोक, गणेश मन्दिर, जनक मावि, हुँदै पुन बिद्यालयमा आएर समापन भएको थियो ।
¥यालीमा सहभागीहरूले साईकल चलाऔं, वातावरण जोगाऔ, न पेट्रोल न ग्यास यात्राका लागि साइकल नै खास, सस्तो पनि स्वस्थ पनि ,हरियाली नै जीवनको रंग बनाउँ, पर्यटनका लागि पर्यावरण र पर्यावरणका लागि सरसफाई ,सचेत नागरिक स्वस्थ वातावरण, वातावरणका लागि साइकल, हरियाली बढाऔं, साईकल चलाऔ,नयां पुस्तालाई साईकलको महत्व बुझाऔं, साईकल चलाउने संस्कार सिकाऔं,भन्ने नाराहरु टाँसिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट वडा नम्बर ५ का वडा अध्यक्ष रत्नप्रसाद सापकोटाले साइकल सबै वर्गका मानिसहरूका लागि पहुँचयोग्य र सस्तो साधन भएकोे र यो ¥यालीले सार्वजनिक यातायातको वैकल्पिक माध्यमका रूपमा साइकललाई प्रवद्र्धन गर्ने बताउनु भयो ।
अध्यक्ष सापकोटाले विद्यालय वा शिक्षण संस्थाद्वारा आयोजना गरिने साइकल ¥यालीहरूले विद्यार्थीहरूलाई जलवायु परिवर्तन, दिगो विकास, र जिम्मेवार नागरिकका बारेमा व्यावहारिक ज्ञान दिने बताउनु भयो।
समाजसेवी एवं साइकल व्यवसायी गोपाल प्रसाद सापकोटाले भन्नुभयोे साइकल पेट्रोल वा डिजेलमा नभई मानिसको ऊर्जा प्रयोग गरेर चल्ने साधन भएकोले यसले धुवाँ फाल्दैन, ध्वनि प्रदूषण गर्दैन, र वातावरणको रक्षा गर्छ। साइकल ¥याली वातावरणप्रति जनचेतना फैलाउने प्रभावकारी माध्यम हो ।
विद्यालय सञ्चालक समिति अध्यक्ष गोपीनाथ खरेलले साइकल ¥यालीले विद्यालय, संस्था, र समुदायका सदस्यहरूलाई एउटै उद्देश्यमा एकत्रित गराउँछ र यसले सामाजिक ऐक्यबद्धता र सहकार्यको भावना बलियो बनाउने बताउनु भयो ।
विद्यालयका प्रधानाध्यापक चक्रधर पौडेलले “साइकल दिवस हामी सबैका लागि स्वस्थ जीवन र हरियाली वातावरणप्रति समर्पित हुने सन्देश दिने अवसर भएको बताउनु भयो।
स्वस्थ जीवनशैली, वातावरणीय चेतना र दिगो यातायात प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजित ¥यालीमा विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रममा विजय सामुदायिक शिक्षा सहकारीका पूर्व अध्यक्ष टिकाराम कडेल, लेखा सुपरिवेक्षण समिति संयोजक ईश्वरी चापागाई , विद्यालयका सहायक प्रधानाध्यापक विकल सापकोटा, , मातृभूमि टोल विकास संस्थाका अध्यक्ष बिन्दु लामिछाने लगायत ट्राफिक प्रहरी , नेपाल प्रहरि ,शिक्षकहरु, अभिभावकहरू तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण शिक्षिका रञ्जना लामिछानेले गर्नुभएको थियो।
विश्व साइकल दिवस (जुन ३) हरेक वर्ष संसारभर मनाइन्छ । यस दिनको मूल उद्देश्य भनेको साइकललाई एक दिगो, सस्तो, स्वास्थ्यवर्धक र वातावरणमैत्री यातायातको साधनका रूपमा प्रवद्र्धन गर्नु हो। यस अवसरमा आयोजना गरिने साइकल ¥याली हरु बहुआयामिक महत्व बोकेका हुन्छन ।
साइकल चलाउनुले शारीरिक फिटनेस, मुटु–स्वास्थ्य र मानसिक सन्तुलनमा सकारात्मक असर पार्छ। ¥यालीले आम जनतालाई व्यायाम र स्वस्थ जीवनशैलीतर्फ प्रोत्साहित गर्छ।