सुन तोलामा दुई हजार नौ सयले बृद्धि

काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।
सोमबारको तुलनामा आज सुन तोलामा दुई हजार ९०० र चाँदी ५५ ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मुल्य एक लाख ९२ हजार ७०० कायम भएको छ भने सोही परिमाणको चाँदीको मूल्य दुई हजार ४५ निर्धारण भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३७६ डलर कायम भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।