प्रकृतिमा आधारित समाधान बिषयक क्षमता अभिबृद्धि गोष्ठि सम्पन्न
प्रकृतिमा आधारित समाधान गर्न आवश्यक भएको सरोकारवालाको भनाई

नवलपरासी पुर्व । प्रकृतिको सहायताबाट मानिसका समस्या समाधान गर्न प्रकृतिमा आधारित समाधान आवश्यक भएको सरोकारवालाले बताएका छन । प्रकृतिमा आधारित समाधान–ट्रिपल बेनिफिट परियोजना अन्तर्गत डब्लु डब्लु एफ नेपाल संगको सहकार्यमा सहमति नेपालले सोमबार कार्यालयको सभाहल गैँडाकोटमा आयोजना गरेको प्रकृतिमा आधारित समाधान बिषयक क्षमता अभिबृद्धि गोष्ठिमा बोल्ने अधिकांश बक्ताले प्रकृति सँगै मानिस अगाडी बढ्नुपर्ने र प्रकृतिको संरक्षण संम्र्बद्धनमा ख्याल गर्नुपर्ने बताएका थिए ।
वातावरण विज्ञ निरोज तिमिल्सीनाले प्राकृतिक व्यवहार र जिवनशैली छाडेर देखावटी आधुनिक विकास अपनाउँदा अहिले विश्वमा बिभिन्न समस्याहरु देखिएको बताउनुभयो । अहिले सुख्खा बढेको, जलवायु परिवर्तनको असर बढदै गएकोले यसलाइ रोक्न प्रकृतिमा आधारित समाधानका कामलाई अगाडी बढाउनुपर्ने बताउनुभयो । बोटबिरुवा बढाउने, सिमसार बढाउने, माटो संरक्षण गर्ने, सिँचाइ प्रणालीमा सुधार गर्ने ,जलस्रोत संरक्षण गर्ने हो भने जलवायु न्यूनीकरण गर्न सकिने वातावरण विज्ञ तिमिल्सीनाले भन्नु भयो ।
मध्यवर्ती क्षेत्रमा प्रकृतिमा आधारित समाधानका अभ्यासका बारेमा मध्यबर्ती संरक्षण क्षेत्रका संरक्षण अधिकृत अबिनाश थापाले जानकारी गराउनुभएको थियो । जनावरको अतिक्रमण रोक्न बिशेष गरी घासे मैदान व्यवस्थान , कुवा, ताल तलैयाको व्यवस्थापन गर्न जरुरी रहेको बताउनुभयो ।
मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले विकास र प्रकृति संरक्षण एकै सिक्काका दुइ पाटा भएकाले यसलाई सोही अनुसार प्रकृतिमैत्री भएर अगाडी बताउनुभयो । हाम्रो कतिपय ठाउँमा विविधता छ, भौगोलिक हिसाबले पनि विविधता रहेको छ। हाम्रो बसाइमा नै विविधता छ। हुप्सेकोट धौबादीमा गर्ने प्रकृतिमा आधारित समाधान र गैडाकोटमा गर्ने प्रकृतिमा आधारित समाधान अवश्य नै फरक हुन्छ जहाँ जे आवश्यक छ प्राकृतिक रुपमा आधारित भएर समाधान खोज्यौ भने त्यो दिगो व्यवस्थापन हुन्छ अध्यक्ष ढुङ्गानाले बताउनु भयो ।
गोष्ठीमा डिभिजन वन कार्यालय, नवलपुरका प्रमुख बसन्त केशब अधिकारीले जैविक मलबाट कृषि उत्पादन बढाउन सकिन्छ, वनमा रहेका पातहरू संकलन गरी ,वन व्यवस्थापनबाट निस्केका झाडीहरुबाट जैविक मल बनाउँदा निकै फाइदा हुन्छ र हाम्रो स्वास्थ्यमा पनि सुधार हुने बताउनुभयो ।
नदिजन्य वस्तुको दिगो उत्खनन् र रोकथामको लागि सामुदायिक वनको भूमीका अह्म हुने प्रमुख अधिकारीले बताउनुभयो ।
‘प्रकृतिमा आधारित समाधान– टि.बि.पि. परियोजना’का संयोजक खेमराज खनालले सहमति संस्थाले प्रकृतिमा आधारित समाधान र वातावरणका क्षेत्रमा गरेका कामका विषयमा जानकारी गराउनुभएको थियो । संस्थाले आर्थिक विकास, दिगो जिवीकोपार्जन प्रबद्र्धन, वातारण संरक्षण र विपद जोखिम न्युनिकरण स्वास्थ्य तथा पोषण, अनुसन्धान र नवप्रवर्तन यिनै कार्यक्षेत्रमा रहेर सहमतिले काम गर्दै आएको पनि बताउनुभएको छ ।
कार्यक्रममा हुप्सेकोट ५ का वडाध्यक्ष पदम बहादुर राना, कावासोति १३ का वडाध्यक्ष लाल बहादुर गुरुङ, डिभिजन वन कार्यालय नवलपुरका बसन्त केशव अधिकारी,संरक्षणकर्मी, वातावरण विज्ञ,सरोकारवालाहरुले प्रकृति संरक्षण र सोहि अनुसारको विकास सँगै जिवनयापनलाई अगाडी बढाउनुपर्ने बताएका थिए ।
अध्यक्ष होमनाथ सुवेदीले सहमतिले सधैँ प्रकृतिको संरक्षण र यसको संरक्षणको सचेतनामा बिभिन्न काम गर्दै आइरहेको बताउनुभयो ।
गोष्ठिका ज्येष्ठ नागरिक कावासोती नगरपालिका अधिकृत छैटो हरिप्रसाद शर्माले कार्यक्रमको समापन गर्नुभएको थियो ।
सहमति नेपालले वन तथा भू–संरक्षण विभाग र राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागसँगको समन्वयमा डब्लु डब्लु एफ नेपालको सहयोगमा समुदाय, वन्यजन्तु र जलवायुको क्षेत्रमा त्रिपक्षीय लाभ हुनेगरी विभिन्न क्षेत्रमा संरक्षणमुखी कार्य गर्दै आएको छ ।