मोरङमा करेन्ट लागेर दुई वृद्धाको मृत्यु

२०८२ जेठ १ बुधबार १२:३९:०० मा प्रकाशित

मोरङ । मोरङमा करेन्ट लागेर दुई जना वृद्दाको मृत्यु भएको छ । मोरङको रतुवामाई नगरपालिका-३ मिर्चा डागीका ७३ वर्षीया सूर्य देवी गनगाई र ७० वर्षीया रामु देवी गनगाई गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो । उपचारकै क्रममा राति ९ः०० बजे दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ। 


सोमबार साँझ करिब ८ः२० बजे आएको हावाहुरीले स्थानीय नीरज कुमार सिंहको विवाहमा बाँधिएको माइकको बाँस ढलेर हाइटेन्सन लाइनमा छुदाँ सूर्य देवी र रामु देवी गम्भीर घाइते भएका थिए ।

 

घटनामा घाइते भएकी ३० वर्षीया राधा कुमारी सिंहलाई नगर अस्पताल झुर्कियामा सामान्य उपचारपछि घर फर्काइएको प्रहरीले जनाएको छ।