सुनको मूल्य निरन्तर उकालोतिर, तोलामा आठ सयले वृद्धि

काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मङ्गलबार प्रतितोला रु एक लाख ७५ हजार २०० मा कारोबार भएको सुन आज तोलामा रु ८०० बढेर रु एक लाख ७६ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसैगरी, चाँदीको मोल प्रतितोला रु दुई हजार ४५ निर्धारण भएको छ । सोही परिमाणको चाँदी मङ्गलबार प्रतितोला रु दुई हजार ५० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस तीन हजार ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस