भारतीय नम्बर प्लेटको गाडी मकवानपुरमा दुर्घटना, चार जना घाइते

२०८१ चैत ३ सोमबार ११:३१:०० मा प्रकाशित

काठमाडौं । काठमाडौंबाट हेटौंडा जाँदै गरेको भारतीय नम्बर प्लेटको गाडी इन्द्रसरोवरमा दुर्घटना भएको छ । सोमबार काठमाडौंबाट हेटौडा जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ७० एनटी ६९१७ नम्बरको गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ धाराखोल्छास्थित दक्षिणकाली सडक खण्डमा दुर्घटना भएको हो ।

गाडिमा १७ जना सवार रहेको  र त्यसमध्ये चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो । गाडी भित्तामा ठोक्किएपछि गाडी सडकमै पल्टिएको थियो ।