सब डिभीजन वन गैँडाकोटको गर्यो सरोकारवालालाइ वन डडेलो सम्बन्धी अभिमुखीकरण 

२०८१ चैत १ शनिबार १८:४७:०० मा प्रकाशित

गैँडाकोट । सब डिभीजन वन कार्यालय गैँडाकोटको आयोजनामा नन्दन वन गैँडाकोटको सभाहलमा सरोकारवालालाइ वन डडेलो सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमले समन्वय गरेको सो कार्यक्रममा बोल्दै सरोकारवालाले वन संरक्षणमा डडेलोबाट वन जोगाउनु पनि महत्वपूर्ण काम भएको भन्दै यसमा सक्रिय भएर काम गरेको बताएका थिए । उनिहरुले म्यादी वन रक्षक भर्ति गर्ने, अग्नि रेखा निर्माण गर्ने र उपभोक्ता नागरिकलाई वन जोगाउने तरिका र डडेलोले पार्ने नकारात्मक असर, वेफाइदाका बारेमा सचेतीकरण गर्ने काम गरिरहेको बताएका थिए ।  

वनमा आगो लाग्न बाट जोगाउन सबै सचेत बन्नुपर्ने सब डिभीजन वन कार्यालय गैँडाकोटका फरेष्टर दिनेश केसीले बताउनुभएको छ । वनमा डडेलो लगाउदा हुने बेफाइदा र मानविय जिवनमा यसले पार्ने प्रभावका बिषयमा पनि उहाँले जानकारी गराउनुभएको थियो । केसीले सबैले यस कार्यमा समन्वय गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले अग्निदस्था गठन गर्ने र स्थानीय स्तरमा रोजगारी हुने वातावरण पनि सामुदायिक वनले गराउन सक्ने बताउनुभयो । 

कार्यक्रममा सब डिभीजन वन कार्यालय गैँडाकोटका अधिकृत दुर्गादत्त कँडेलले वन डडेलो व्वयस्थापन सम्बन्धी सरोकारवालालाई अभिमुखीकरण गराउनुभएको थियो । 

यस अभिमुखीकरण कार्यक्रममा गैँडाकोटका २२ सामुदायिक वनका अध्यक्ष एवं प्रतिनिधिको सहभागिता रहेको थियो । उपस्थित प्रतिनिधिले आफुले वनमा डडेलो लाग्न नदिन गरेका काम र अनुभव बताएका थिए । 

गैँडाकोटमा २२ वटा सामुदायिक वन रहेका छन् अहिले वनमा डडेलो लाग्ने मौसम सुरु भएको छ । अघिल्लो बर्ष गैँडाकोटका २ सामुदायिक वन शितल सामुदायिक वन र मजुवा सामुदायिक वनमा डडेलोले क्षति हुन पाएन अर्थाथ आगोलागि भएन भने अन्य सामुदायिक वनको ८० प्रतिशत क्षेत्रफलमा आगजनी भएको सब डिभीजन वन कार्यालय गैँडाकोटले जनाएको छ । 

यस्तै वनलाई डडेलोबाट जोगाउन सामुदायिक वन र उपभोक्ताले दिनरात नभनी काम गरिरहेका छन् ।