रास्वपाका सांसदले सदनमा आफुलाई प्रमाणित गरेः सांसद हरि ढकाल

२०८१ चैत १ शनिबार १८:४२:०० मा प्रकाशित

गैँडाकोट । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य एवं सांसद हरि ढकालले नयाँ आएकाले के गर्छन र कस्तो गर्लान भन्नेलाई रास्वपाका सांसदले सदनमा आवाज उठाएर प्रमाणित गरेको बताउनुभयो । 

गैँडाकोट १२ हर्कपुरको पौवा पार्टी प्यालेसमा राष्ट्रिय स्वतन्त्र पार्टी गैँडाकोटको प्रथम ऐतिहासिक अधिबेशनमा बोल्दै उहाँले जानेका र बुझेका युवा नेतृत्व यस्तो हुन्छ भनेर प्रमाणित गर्न सकेको पनि बताउनुभएको छ । उहाँले ज्ञान भएको व्यक्तिले सोहि विषयमा आवाज उठाउने र विचार सम्प्रेषण गर्न सक्ने पनि बताउनुभएको छ । कुनै हिंसात्मक गतिबिधि विना शान्तिपूर्ण रुपमा चौथो दलको रुपमा सदनमा आफुलाई रास्वपाले स्थापित भएको बताउदैँ सबैको विश्वासका कारण यो सम्भव भएको उहाँको भनाई छ । 


रास्वपाका केन्द्रिय सदस्य एंव गण्डकी प्रदेश सभापति राजन गौतमले गैँडाकोट सधैँ पहिलो हुने बताउनुभएको छ । उहाँले मतले अनि अधिबेशन गर्ने हिसाबले पनि गैँडाकोट पहिलो भएको बताउनुभयो । देशमा परिवर्तनको संवाहक बोकेर सबै रास्वपामा उभिएको बताउनुभयो । 

राष्ट्रिय स्वतन्त्र पार्टी गैँडाकोटका नगर सभापति ज्ञानहरि कँडेलको सभापतित्वमा कार्यक्रम थियो ।