विजय एफएमका निवर्तमान अध्यक्ष डा. चापागाईं पिएसबी सञ्चालक समिति सदस्यमा नियुक्त

विजय सामुदायिक सुचना तथा संचार सहकारी सस्थाका निवर्तमान अध्यक्ष डा. भूमिराज चापागाईं सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालको सञ्चालक समिति सदस्यमा नियुक्त हुनुभएको छ ।
सञ्चालक समितिका नवनियुक्त सदस्य डाक्टर चापागाईंलाई सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
गैँडाकोट–५ नवलपरासी(बसुपू) निवासी डाक्टर चापागाईं मन्त्रीस्तरको निर्णयबाट ४ वर्षका लागि सञ्चालक समिति सदस्य नियुक्त हुनुभएको हो ।
शेयरकाष्ट इनिसियटिभ्स् नेपालका सहसंस्थापक र कार्यक्रम निर्देशकका रुपमा सञ्चार तथा सूचना प्रविधि क्षेत्रको अनुसन्धानमा लामो समयदेखि संलग्न चापागाईं सञ्चारविज्ञका रुपमा पनि परिचित हुनुहुन्छ ।
डा चापागाईंले नेपाली संस्कृतिको प्रवद्र्धनमा एफएम रेडियोले निर्वाह गरेको भूमिका विषयमा विद्यावारिधि गर्नुभएको छ ।